चीन र छिमेकी देशहरूबीचको हित एकीकरण नयाँ उचाइमा उत्रियो
2021-04-18 17:06:14cri
Share with:

 

 

चीन र छिमेकी देशहरूबीचको हित एकीकरण नयाँ उचाइमा उत्रियो #चिनियाँराष्ट्राध्यक्ष_fororder_src=http___big5.taiwan.cn_gate_big5_img-xhpfm.zhongguowangshi.com_News_201910_XxjinmC007003_20191014_CBMFN0A006@1000w_1e_1c_80Q_1x&refer=http___big5.taiwan

सन् २०१३देखि चीनले आफ्नो छिमेकी कूटनीतिको सक्रियतापूर्वक योजना बनाएको छ, एकातर्फ यसले विद्यमान द्विपक्षीय र बहुपक्षीय सहयोगी संयन्त्रहरूको निरन्तर कार्यान्वयन र गहिराइलाई बढाइरहेको छ भने अर्कोतर्फ यसले अनुकूलनका लागि थप नयाँ सहयोग संयन्त्र र मञ्चहरू निर्माण गरेको छ। हालै चीन र छिमेकी देशहरूबीचको हितहरूको एकीकरण नयाँ उचाइमा उत्रिएको देखिन्छ।

चीन र छिमेकी देशहरूबीचको हित एकीकरण नयाँ उचाइमा उत्रियो #चिनियाँराष्ट्राध्यक्ष_fororder_src=http___www.people.com.cn_mediafile_pic_20141115_78_11346864539801429082&refer=http___www.people.com

सन् २०१९को सेप्टेम्बरमा आफ्नो कार्यकालमा सी चिन फिङले पहिलो पटक दक्षिण एशियाको भ्रमण गर्नुभयो। उहाँले भारतमा सम्बोधन दिनुभयो। सम्बोधनमा उहाँले चीनको संवेदनशीलता, ईमानदारी, लाभ र सहिष्णुताको कूटनीतिक अवधारणाबारे जानकारी दिनुभयो। विगत आठ वर्षमा चीनले पूर्वी एसिया १०+३, शाङहाइ सहयोग संगठन, एसियाका लागि पोआउ मञ्च र अन्य मञ्चको ढाँचा अन्तर्गत अवस्थित सहयोगलाई निरन्तर गहिराइमा पुर्‍याएको छ भने यस क्षेत्रले व्यापक क्षेत्रमा नयाँ सहयोगहरू पनि सक्रिय रूपमा निर्माण गरेको छ।

चीन र छिमेकी देशहरूबीचको हित एकीकरण नयाँ उचाइमा उत्रियो #चिनियाँराष्ट्राध्यक्ष_fororder_src=http___media.people.com.cn_NMediaFile_2018_0703_MAIN201807031213588067942654150&refer=http___media.people.com

बहुपक्षीय मञ्चको निर्माणको साथसाथै चीनले छिमेकी देशहरूसँग, विशेष गरी मानवीय क्षेत्रमा पनि सक्रियताका साथ द्विपक्षीय सहयोग विस्तार गरेको छ।