कुनै जापानी राजनीतिज्ञको घृणित प्रकृति साँच्चिकै सुध्रिन्न त?
2021-04-18 16:37:59cri
Share with:

जलवायु परिवर्तनको सामना नै भू-राजनीतिक कार्ड नहोस् #मानवजातिकोसाझाभाग्यसमुदाय

सन १९४६ मा अमेरिकी सांस्कृतिक नृविज्ञानी रूथ बेनेडिक्टले ‘द क्रिस्यान्थेमम एण्ड द स्वोर्ड’ नामक किताबमा जापानको राष्ट्रिय चरित्र तथा साँस्कृतिक विशेषताको विश्लेषण गर्दै अत्यन्तै युद्ध मन पराउने तर पनि अत्यन्तै कोमल, अत्यन्तै नम्र तर पनि अरूबाट नियन्त्रित हुन मन नपराउने, अत्यन्तै वफादार तर पनि विद्रोही स्वभाव भएको उल्लेख गरेकी थिइन्। ७५ वर्षपछि हाल केही जापानी राजनीतिज्ञको घृणास्पद गतिविधिबाट ती अत्यन्तै विरोधाभास फेरि एक पटक विश्वलाई देखाइएको छ।

अमेरिका र जापानबीचको शिखर सम्मेलनको १६ तारिखको संयुक्त वक्तव्य चीनको सामना गर्नेमा लक्षित छ। पूर्वी चीन सागर, दक्षिणी चीन सागर, थाइवान, हङकङ, सिनच्याङलगायत चीनको सार्वभौमिकता र केन्द्रिय हितसम्बन्धी विषय उक्त वक्तव्यमा समावेश गराइएको छ जसबाट जापान अमेरिकाको नोकर र चेस हो भन्ने जस्तो लाग्छ। जापानी आर्थिक खबर नामक समाचारपत्रले वर्तमान जापानलाई जहिले पनि प्रयोग गर्न सकिने भनेर उल्लेख गरेको छ।  

जलवायु परिवर्तनको सामना नै भू-राजनीतिक कार्ड नहोस् #मानवजातिकोसाझाभाग्यसमुदाय

धेरैलाई अचम्म लाग्छ कि केही वर्षयता जापानले चीनसँगको सम्बन्धको सुधार्ने इच्छा देखाएको थियो तर किन अकस्मात परिवर्तित भयो? अमेरिकाबाट आएको बाह्य दबाव त्यसको कारण हो तर आन्तरिक कारण नै प्रमुख हो। अमेरिकाको आधारमा चीनको रणनीतिको प्रतिरोध गरी आफ्नो चाहना पूरा गर्नु नै जापानी राजनीतिज्ञको मुख्य लक्ष्य रहेको छ।

दुइतर्फी, अरूबाट नियन्त्रित ती जापानी राजनीतिज्ञले बल्ल आफूले रोपेको तीतो फल खानेछन्।