तीन पटक पोआउ जानुभइ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा “चिनियाँ अवसर” को व्याख्या #चिनियाँराष्ट्राध्यक्ष
2021-04-19 14:38:19cri
Share with:

पोआउ एशिया मञ्च सन् २०२१ को वार्षिक सम्मेलन शुरु हुँदै छ। बितेका वर्षहरूमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३ पटकसम्म पोआउ जानु भइ त्यहाँ सम्बोधन गर्नुका साथै व्यवसायीसँग वार्ता गर्ने विविध तरिकामार्फत एशिया र विश्वको विकासका लागि चिनियाँ प्रस्ताव र बुद्धिमत्ता प्रस्तुत गर्नुभएको थियो। उहाँले पोआउमा विश्वसमक्ष चीनको विकासबारे जानकारी दिनुका साथै नयाँ युगमा चीनबाट एशिया र विश्वका लागि अझ ठूलो अवसरको सिर्जना गरिने विषयको पनि व्याख्या गर्नुभएको छ।

 

पोआउ एशिया मञ्च सन् २०२१ को वार्षिक सम्मेलनको मुख्य नारा “विश्वको ठूलो परिवर्तन: सँगै मिलेर विश्वको सञ्चालन गरौं, सँगै मिलेर बेल्ट एण्ड रोड भन्ने सशक्त आवाजलाई घन्काऔँ!” भन्ने रहेको छ। 

 

यस वर्ष पोआउ एशिया मञ्च स्थापनाको २० औँ वार्षिकोत्सव हो। यस अवसरमा नयाँ विकासको प्रारुपमा प्रवेश गरेर १४ औँ पञ्च वर्षीय योजनाको आरम्भ गरेको चीनले एशिया र सारा विश्वको भावी विकासका लागि के कस्तो नयाँ अवसरको सिर्जना गर्ने छ भन्ने नै ध्यानाकर्षणको विषय बनेको देखिन्छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभए जस्तै चीनले आफ्नो विकासलाई साकार तुल्याउनुका साथ अन्य मुलुक र जनताका लागि हितकल्याण सिर्जना गर्दै जानेछ।