राष्ट्राध्यक्ष सीले पो आउ एशिया मञ्चको वार्षिक सम्मेमलनलाई सम्बोधन गर्नुहुने
2021-04-19 17:27:29CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २० तारिख भिडियो मार्फत पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन २०२१ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने बताउनुभयो।

ब्रुनाइका सुल्तान हासानाल, चिलीका राष्ट्रपति सेबास्टिन पिनेरा, इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो, काजाकिस्तानका प्रथम राष्ट्रपति नुर्सुल्तान नाजार्बायेभ, लाओसका राष्ट्राध्यक्ष थोङलोउन सिसोलिथ, दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन, सिंगापुरका राष्ट्रपति हालिमाह याकोप, श्रीलंकाका राष्ट्रपति गोटाभाय राजेपाक्ष, भियतनामका राष्ट्राध्यक्ष न्गुयेन स्विआन फुक, बंगलादेशका प्रधानमन्त्री शेख हासिना, कम्बोडियाका प्रधानमन्त्री हउन सेन, माल्टाका प्रधानमन्त्री, मंगोलियाका प्रधानमन्त्री, न्युजिल्याण्डका प्रधानमन्त्री, ७५औं संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष भोल्कान बोज्किर र अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक क्रिस्टालिना गर्गिएभ लगायतका विदेशी नेताहरू र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूले भिडियमार्फत उक्त सम्मेलनमा भाग लिनुहुनेछ।