पो आउ एशिया मञ्चको वार्षिक सम्मेलनमा “चिनियाँ अवधारणा”बारे राष्ट्राध्यक्ष सीले ब्याख्या गर्नुहुने
2021-04-19 17:28:37CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २० तारिख भिडियोमार्फत पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन २०२१ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले आज अप्रिल १९ तारिख नियमित पत्रकार सम्मेलनमा राष्ट्राध्यक्ष सीले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थिति र विश्वको जोखिम चुनौतीबमोजिम एशिया र विश्वको विकास तथा समृद्धिलाई अगाडि बढाउनेबारे “चिनियाँ अवधारणा” र “चिनियाँ योजना”बारे चौतर्फी रुपमा ब्याख्या गर्नुहुने बताउनुभयो।

प्रवक्ता वाङकाअनुसार, चालु वर्ष पो आउ एशिया मञ्चको स्थापना भएको बीसौ‌ वार्षिकोत्सव हो। चालु वर्षको वार्षिक सम्मेलन कुटनीतिको भव्य सम्मेलन पनि हो।