#अल्पसंख्यक जाति# अल्पसंख्यक जातीय क्षेत्रमा गरिबी निवारणको ठूलो उपलब्धि
2021-04-20 11:27:08CR
Share with:

#अल्पसंख्यक जाति# अल्पसंख्यक जातीय क्षेत्रमा गरिबी निवारणको ठूलो उपलब्धि_fororder_2

चिनियाँ राज्य परिषद् अन्तर्गत प्रेस कार्यालयले अप्रिल ६ तारिख ¡¡ãमानव गरीबी निवारणमा चीनको व्यवहार¡¡À नामक श्वेत-पत्र सार्वजनिक गरेको छ। उक्त श्वेत-पत्रले मानवीय गरीबी निवारणमा चीनको अभ्यास तथा व्यवहारको बारेमा चौतर्फी जानकारी दिनुका साथै गरिबी निवारण तथा गरिबीमुक्तमा चिनियाँ अनुभव र कदमको व्याख्या गरेको छ। विश्वको जनसंख्यामा लगभग २० प्रतिशत हिस्सा लिएको चीनले पूर्ण रूपमा निरपेक्ष गरिबी हटाएर  मानवीय गरीबी न्युनीकरण तथा प्रगतिमा ठूलो योगदान दिएको छ। आजको कार्यक्रममा यस विषयको बारेमा ठोस जानकारी दिन चाहन्छु।

“मानवीय गरीबी न्युनीकरणमा चीनको व्यवहार” नामक श्वेत-पत्र पाँच भागमा विभाजित छ। उक्त श्वेत-पत्रका अनुसार, चिनियाँ सुधार तथा खुलापनदेखि वर्तमान गरिबी मापदण्डका अनुसार चिनियाँ ग्रामीण क्षेत्रमा ७७ करोड गरिबहरू गरिबीबाट मुक्त भएका छन्। विश्व बैंकबाट प्रकाशित अन्तर्राष्ट्रिय गरिबी मापदण्डबमोजिम गरिबीबाट मुक्त चिनियाँहरूको संख्या सोही अवधिमा विश्वमा गरिबीमुक्त जनसंख्यमा ७० प्रतिशतभन्दा बढी पुगेको छ। निर्धारित योजनाभन्दा दश वर्षघि चीनले ¡¡ãराष्ट्र संघीय दिगो विकास एजेन्डा २०३०¡¡À को गरीबी निवारण लक्ष्य पूरा गरेको छ।

चिनियाँ गरिबको आम्दानी निरन्तर रूपमा बढ्दै आएको छ। गरिब ग्रामीण क्षेत्रमा बासिन्दाको सरदर आम्दानी सन् २०१३ को ६०७९ युआनबाट सन् २०२० मा १२ हजार ५ सय ८८ युआन पुगेको छ। प्रतिसाल ११.६ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि गति पूरै चिनियाँ ग्रामीण क्षेत्रको वृद्धि गतिको तुलनामा २.३प्रतिशतले बढी रहेको छ।