सी चिन फिङ र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता
2021-04-20 20:39:25CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २० तारिख साउदी अरेबियाका राजकुमार मोहमद बिन सालमानसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीनले साउदी अरेबियासँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधिआदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरेबियाको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ सिँडी चढ्न अगाडि बढाउने आशा लिएको बताउनुभयो।

राजकुमार मोहमदले साउदी अरेबियाले चीनसँग जनवायु परिवर्तनको सामना र वातावरणीय संरक्षण क्षेत्रमा रणनीतिक सहयोग बढाउने आशा लिएको कुरामा जोड दिनुभयो।