सी र पुटिनद्वारा चीन-रुस सत्तारुढ पार्टी वार्ता संयन्त्रको नवौं सम्मेलनलाई बधाई सन्देश
2021-04-20 17:37:31CRI
Share with:

अप्रिल २० तारिख चीन-रुस सत्तारुढ पार्टी वार्ता संयन्त्रको नवौं सम्मेलन अनलाइनमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र रुसका राष्ट्रपति भ्लादिमिटर पुटिनले रुपमा उक्त सम्मेलनलाई बधाई सन्देश दिनु भएको छ।

बधाई सन्देशमा सी चिन फिङले सन् २०२१ “चीन-रुस असल छिमेकी मित्र सहयोग सन्धि”मा हस्ताक्षर भएको बीसौं वार्षिकोत्सव रहेको र चिनियाँ कम्युनिष्ट पार्टी तगा संयुक्त रुस पार्टीको सम्बन्धको स्थापना भएको बीसौं वार्षिकोत्सव रहेको भन्दै विगत बीस वर्षयता चीन र रुसले चौतर्फी रणनीतिक सहयोग गरेको उल्लेख गर्नुभयो। उहाँले विश्वका ठूला मुलुकको सम्बन्धको नमूनाको खडा गरेका कुरा पनि बताउनुभयो।

पुटिनले दुई पार्टीको वार्ता सधैं नै रुस र चीनको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको महत्वपूर्ण भाग रहेको बताउनुका साथै‍ उक्त सम्मेलनमा सहभागी प्रतिनिधिहरूले रचनात्मक र फलदायक कार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो।