राष्ट्राध्यक्ष सी र इन्डोनेशियाका राष्ट्रपतिबीच टेलिफोन वार्ता
2021-04-20 20:22:44CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २० तारिख इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोसँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र इन्डोनेशिया दुबै मुलुकको व्यापार र लगानीको सहयोगमा महामारीको पृष्ठभूमिमा बृद्धि भएको र दुई मुलुकबीचको सहयोग भविश्य फराकिलो रहेको बताउनुभयो।

यसका साथै राष्ट्राध्यक्ष सीले चीन र इन्डोनेशियाले जनताको जीवन सुरक्षा र शारिरीक स्वास्थ्यमा उच्च महत्व दिएको बताउँदै “खोपको राष्ट्रियवाद”को विरोध गरेका र कोभिड खोप क्षेत्रमा दुई मुलुकको सहयोग विश्वको अग्रस्थानमा रहेको औँल्याउनुभयो। उहाँले चीनमा खोप लगाउने कार्यलाई अगाडि बढाउनुका साथै इन्डोनेशियामा निरन्तर रुपमा खोपको सहयोग गर्ने बताउनुभयो।

जोकोले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको विभिन्न क्षेत्रको विकासले सफलताका प्राप्त गरेको खास गरी गरिबी निवारण र आर्थिक विकास क्षेत्रमा चीनले ठूलो उपलब्धि हासिल गरेको, चीनले इन्डोनेशियालगायतका विकासोन्मुख मुलुकहरूका लागि सकारात्मक योगदान दिएको बताउनुभयो। इन्डोनेशियाले चीनसँग खोपको उत्पादन सहयोग निरन्तर गर्ने आशा लिएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो।