हरित संक्रमण प्रक्रियामा सामाजिक निष्पक्ष र न्यायाको कार्यान्वयनः सी चिनफिङ
2021-04-22 21:13:28CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत् जलवायु शिखर सम्मेलनमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नु भएको छ। सो अवसरमा उहाँले भन्नुभयो, ‘पर्यावरणीय वातावरण विभिन्न मुलुकका जनताको हित-कल्याणसँग सम्बन्धित छ र हामीले सुखमय जीवन तथा राम्रो वातावरणप्रति विभिन्न मुलुकका जनताको अपेक्षा, सन्तानप्रति जिम्मेवारी पूरा गर्नुपर्छ। वातावरणीय संरक्षण तथा आर्थिक विकास, रोजगारीको सिर्जना, गरिबी निवारणलाई मिलाएर बन्दोबस्त मिलाउनुपर्छ। हरित संक्रमण प्रक्रियामा समाजमा निष्पक्ष तथा न्यायलाई साकार तुल्याउँदै विभिन्न मुलुकका जनताको सुखमय अनुभवलाई अगाडि बढाउनुपर्छ।’