चीनले पर्यावरणीय सभ्यता क्षेत्रको सहयोगलाई “बेल्ट एण्ड रोड”को साझा निर्माणको महत्वपूर्ण विषयः सी चिन फिङ
2021-04-22 21:38:58CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख बेलुकी पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सो अवसरमा उहाँले पर्यावरणीय सभ्यता क्षेत्रको सहयोगलाई “बेल्ट एण्ड रोड”को साझा निर्माणको महत्वपूर्ण विषय बनाएको बताउँदै शृङ्खलाबद्ध हरित प्रस्ताव प्रस्तुत गरेको कुरामा जोड दिनुभयो। हरित आधारभूत प्रबन्धको निर्माण, हरित उर्जा स्रोत, हरित यातायात, हरित बैकिङआदि शृङ्खलाबद्ध कदमहरू चालेको, “बेल्ट एण्ड रोड”को साझा निर्माणमा सहभागी विभिन्न मुलुकका जनतालाई निरन्तर रुपमा लाभ दिएको कुरा पनि बताउनुभयो।