चीनले अधिकतम् कार्बन डाइअक्साइड उत्सर्जनबाट कार्बन तटस्थतासम्म साकार तुल्याउन प्रतिबद्धता गर्ने समय विकसित मुलुकको भन्दा कमः सी चिन फिङ
2021-04-22 21:29:25CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २२ तारिख बेलुकी पैचिङमा भिडियोमार्फत जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

सो अवसरमा सीले गत वर्ष मैले चीनले सन् २०३० अघि अधिकतम् कार्बन डाइअक्साइड उत्सर्जन साकार तुल्याउने र सन् २०६० अघि कार्बन तटस्थता साकार तुल्याउने कुराको घोषणा गरेको स्मरण गर्नु भएको छ। यो चीनले मानव भाग्य समुदायको सिर्जना गर्ने दायित्वलाई अगाडि बढाउन र दिगो विकास साकार तुल्याउनका लागि गरेको महत्वपूर्ण तथा ठूलो रणनीतिक निर्णय रहेको उहाँले बताउनुभयो। चीनले अधिकतम् कार्बन डाइअक्साइड उत्सर्जनबाट कार्बन तटस्थतासम्म साकार तुल्याउन प्रतिबद्धता गर्ने समय विकसित मुलुकलाई चाहिने समयभन्दा कम भएको र चीनले सक्दो प्रयास गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।