आँखाको हेरचाह जस्तै प्रकृति तथा पर्यावरणको संरक्षण आवश्यकः सी चिनफिङ
2021-04-22 20:59:15CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत् जलवायु शिखर सम्मेलनमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नु भएको छ। सो अवसरमा उहाँले भन्नुभयोः ‘प्रकृतिले नै मानवजातिलाई हुर्काएको छ र मानवजातिले प्रकृतिलाई जग मानेर प्रकृतिको नियमको पालना गर्दै त्यसको संरक्षण गर्नुपर्छ। हामीले आँखाको हेरचाह गरे जस्तै प्रकृति तथा पर्यावरणीय वातावरणको संरक्षण गर्नुपर्छ र मानव तथा प्रकृति बीचको मेलमिलापयुक्त सह-अस्तित्व अवस्थालाई अघि बढाउनुपर्छ।’