कार्बनको निष्काशनलाई शिखरमा पुर्‍याउने लक्ष्य पूरा गरिनेः सी चिनफिङ
2021-04-22 21:33:40CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २२ तारिख पैचिङमा भिडियोमार्फत् जलवायु शिखर सम्मेलनमा भाग लिँदा महत्वपूर्ण सम्बोधन गर्दै भन्नुभएको छ, ‘सन् २०३० सम्म कार्बनडाइअक्साइटको निष्काशनमा शिखर पुग्ने र कार्बनडाइअक्साइटको निष्काशन सून्य भन्ने विषयलाई चीनले पर्यावरणीय सभ्यताको निर्माणको समष्टिगत बन्दोबस्तमा समावेश गरेको छ र कार्बनडाइअक्साइटको निष्काशन शिखरमा पुग्ने कार्यक्रमको तर्जुमा गरिरहेको साथै चीनले व्यापक रूपमा कार्बनडाइअक्साइटको निष्काशन सून्य बनाउने कार्यक्रमलाई संचालन गरिरहेको छ। शर्त भएको क्षेत्र वा मुख्य उद्योग वा मुख्य व्यवसायहरूले कार्बनडाइअक्साइटको निष्काशन शिखर पुग्नका लागि समर्थन दिने छन्। साथै चीनले कोइलाबाट विजुलीको उत्पादन गर्ने परियोजनाहरूको कडा नियन्त्रण गर्दै जानेछ।’