#आँखीझ्याल#गरिबी उन्मूलन एक नयाँ शुभारम्भ बिन्दु
2021-04-23 15:46:06cri
Share with:

#आँखीझ्याल#गरिबी उन्मूलन एक नयाँ शुभारम्भ बिन्दु_fororder_1127300265_16177232097201n

 

चीन सरकारले हाल “मानव गरिबी न्यूनीकरणमा चिनियाँ अभ्यास” शीर्षकको श्वेतपत्र सार्वजनिक गरेको छ। उक्त श्वेत पत्रले चीनले गरिबी उन्मूलन गर्ने प्रक्रिया, गरिबी न्यूनीकरण कार्यको विकास उपलब्धि र विश्वलाई दिएको योगदानको सिँहावलोकन गरेको छ।

उक्त श्वेतपत्रमा ग्रामीण क्षेत्रको गरिबी न्यूनीकरणको अभ्यास र ग्रामीण क्षेत्रमा भएको ऐतिहासिक परिवर्तन उल्लेख गरिएको छ। चीनको युन नान प्रान्तको गरिब पहाडी क्षेत्रमा पन्ध्र वर्षसम्म चिकित्सा सेवा प्रदान गरेका जर्मनीका डाक्टर एक्केहार्ड स्टार्फस्टावेर्डले भन्नुभयो, त्यहाँको चिकित्सा पूर्वाधारमा ठूलो परिवर्तन भएको छ। ग्रामीण क्षेत्रका धेरै अस्पतालहरूको पूर्वाधार जर्मनीका क्लिनिकभन्दा पूर्ण छ। स्थानीय किसानहरू चिकित्सा बिमामा सहभागी भएका छन्।

एक्केहार्डले देखेको चीनको ग्रामीण क्षेत्रको गरिबीमुक्ति र परिवर्तनको एक सूक्ष्म छवि हो। आठ वर्षसम्मको प्रयासपछि सन् २०२० को अन्त्यमा चीनको वर्तमान मापदण्डबमोजिम ९ करोड ८९ लाख ९० हजारको गरिबी जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको छ। चीनले गरेको यो गरिबीको चौतर्फी उन्मूलन दुई हजार वर्षअघि प्राचीन कालका राजनीतिज्ञको सपना साकार तुल्याएको द्योतक पनि हो।

गरिबी उन्मूलन अन्त्य होइन। यो नयाँ जीवन र नयाँ प्रयासको शुभारम्भ बिन्दु हो। गत वर्षको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको ग्रामीण कार्य सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले  गरिबीमुक्तिको उपलब्धिलाई सुदृढ पार्ने र विस्तार गर्ने, ग्रामीण क्षेत्रको पुनरुत्थानलाई अगाडि बढाउने, कृषिको उच्च गुणस्तरयुक्त उच्च प्रभावकारी विकास गर्ने र किसानलाई धनी बन्ने कार्यलाई बढाउने औंल्याउनुभएको थियो। हङकङको “साउथ चाइना मोर्निङ पोस्ट” का अनुसार, ग्रामीण क्षेत्रको पुनरुत्थानलाई चौतर्फी रुपमा अगाडि बढाउनु चीन सरकारको अर्को प्राथमिकताको विषय बन्ने छ।