जलवायु परिवर्तनको सामनामा वास्तविक बहुपक्षवाद आवश्यक
2021-04-23 20:52:58CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २२ तारिख भिडियोमार्फत् जलवायु शिखर सम्मेलनमा भाग लिनुभएको छ। आफ्नो सम्बोधनमा उहाँले प्रस्ताव प्रस्तुत गर्नुभएको छः मानव र प्रकृतिको संयुक्त समुदायको संयुक्त निर्माण गरौँ। साथै उहाँले बहुपक्षबादको पक्षमा विभिन्न मुलुकले उभिइ साझा तर फरक जिम्माको पालना गर्न आह्वान पनि गर्नुभएको छ। उहाँका ती अवधारणाहरू मानवजातिले जलवायु परिवर्तनको सामना गर्दा व्यावहारिक र सान्दर्भिक छन्।

जलवायु परिवर्तनको सामनामा वास्तविक बहुपक्षवाद आवश्यक_fororder_11

गत वर्ष आयोजित संयुक्त राष्ट्र संघको ७५ औं महासभामा राष्ट्राध्यक्ष सीले घोषणा गर्नुभयोः सन् २०३० अघि चीनले कार्बनडाइअक्साइटको निष्काशन परिमाणलाई निर्धारित शिखरमा पुर्‍याउने छ र सन् २०६०अघि नै कार्बन निष्काशनको सून्य लक्ष्यलाई साकार तुल्याउने छ। अरू देशसँगको दाँजोमा चीनले बचन दिएको कार्बनडाइअक्साइट निष्काशनको शिखरदेखि सून्यसम्मको समय अरू विकसित मुलुकले प्रयोग गर्ने समयभन्दा धेरै छोटो छ र चीनले तोकेको यस लक्ष्यलाई पूरा गर्न कठिन प्रयास गर्नुपर्छ।

सो शिखर सम्मेलनमा सीले प्रस्तुत गर्नुभएका शृङ्खलाबद्ध कदमहरूमा शर्त भएको क्षेत्र वा मुख्य उद्योग वा मुख्य व्यवसायहरूले कार्बनडाइअक्साइटको निष्काशन शिखरमा पुग्नका लागि समर्थन दिने छन्। साथै चीनले कोइलाबाट विजुलीको उत्पादन गर्ने परियोजनाहरूको कडा नियन्त्रण गर्दै जानेछ।

स्पष्ट कुरा के हो भने चीनले जलवायु परिवर्तनको सामना गर्दा दिएको बचनको कार्यान्वयन गर्ने वस्तुगत रोडम्याप निर्धारण गरेको छ। यसै अवसरमा अमेरिका, जापान तथा युरोपका नेताहरूले आ-आफ्ना निष्काशन घटाउने लक्ष्यलाई पनि सार्वजनिक गरेका छन्। ती सक्रिय बचनहरूपछि व्यावहारिक कार्वाही अझ महत्वपूर्ण र अर्थपूर्ण हुन्छ।

जलवायु परिवर्तनको सामनामा वास्तविक बहुपक्षवाद आवश्यक_fororder_22

जलवायु परिवर्तनको सामना गर्नु नै भूराजनीतिको हातमा हुने मोलतोलको बस्तु होइन। आफ्नो इच्छाले छनौट गरिएको बहुपक्षवाद वास्तविक बुहपक्षवाद होइन। राष्ट्राध्यक्ष सीले यसरी आह्वान गर्नुभएको छः विभिन्न मुलुकले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्नुपर्छ र ‘संयुक्त राष्ट्र संघ जलवायु परिवर्तन प्रारूप सन्धि’ तथा ‘पेरिस सन्धि’को उद्देश्यलाई अक्षरशः पालना गर्नुपर्छ। यो नै जलवायु परिवर्तनको सामना गर्दा विश्वले पालना गर्नुपर्ने आधारभूत सिद्धान्त हुनुपर्छ। केही पश्चिमी मुलुकले अर्को नियमको पालना गर्नुहुँदैन। विकासको फरक चरण, आर्थिक क्षमता तथा प्राविधिक पद्धतिको भिन्नताको विचार गरेर साझा तर फरक जिम्मेवारी भन्ने सिद्धान्त नै विश्वमा जलवायु परिवर्तनको संचालन गरिने जग हुनुपर्छ र यसलाई अझ बलियो पार्ने आवश्यकता छ।

जलवायु परिवर्तनको सामनामा वास्तविक बहुपक्षवाद आवश्यक_fororder_33

‘हामीसँग खेर फाल्ने त्यति धेरै समय छैन....विभिन्न मुलुकले तुरून्तै कार्वाही गर्नुपर्छ जसबाट मानवजातिले जलवायु परिवर्तनबाट ल्याउने प्रकोप जस्तै प्रभावलाई जोगाउन सकिने छ। जोगाउन सकिने छ।‘ यो नै संयुक्त राष्ट्र संघका महासचिवले विश्वसँग गर्नुभएको आह्वान हो। राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै, ‘अन्तर्राष्ट्रिय कानुनको आधारमा हामीले न्याय र निष्पक्षलाई मुख्य स्थानमा राखेर प्रभावकारी कार्वाही गर्दै संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्नुपर्छ। एकले अर्काको निन्दा गर्नुको सट्टामा हातमा हात मिलाएर सहयोग गर्नुपर्छ। आफ्नो जिम्मेवारीलाई पन्छाउनुको आफ्नो सट्टा बचनको पालना गर्नुपर्छ।’