#समाचार सन्दर्भ# राजनीतिक हितका लागि आउँदो पुस्ताको भविश्य ध्वस्त गर्नु हुँदैन
2021-04-24 19:22:26CRI
Share with:

#समाचार सन्दर्भ# राजनीतिक हितका लागि आउँदो पुस्ताको भविश्य ध्वस्त गर्नु हुँदैन_fororder_1127329954_16183903070271n

सबैलाई थाहा छ, सन् १९४८ मा बेलायतको लण्डनले दोस्रो विश्व युद्धपछिको पहिलो ओलम्पिक खेलकुदको आयोजना गर्दा युद्धपश्चात आर्थिक ह्रास र सामग्रीको अभावका कारण सबै प्रतिनिधि मण्डललाई “आफैँ खाना ल्याउनुपर्छ” भन्ने सूचित गरेको थियो। सत्तरी वर्ष बितिसकेको छ। ओलम्पिक खेलकुदमा सहभागी हुन “आफैँ खाना ल्याउनुपर्छ” भन्ने दृश्य टोकियो ओलम्पिक खेलकुदमा फेरि देख्न पाइने होला कि।

#समाचार सन्दर्भ# राजनीतिक हितका लागि आउँदो पुस्ताको भविश्य ध्वस्त गर्नु हुँदैन_fororder_1000

अप्रिल १९ तारिख टोकियो ओलम्पिक खेलकुद र प्यारा ओलम्पिक खेलकुदको आयोजक समितिले घोषणा गरेको खेलाडी गाउँका रेस्टुरेन्टको मेन्युमा फुकुसिमा लगायतका जापानी आणविक चुहावट क्षेत्रहरूको खाना सामग्री र स्थानीय विशेषतायुक्त खाना देखिएको छ। उक्त सूचना सार्वजनिक भएपछि जापानभित्र र अन्तर्राष्ट्रिय समाजद्वारा विरोध भएको छ। वास्तवमा सन् २०१९ मा दक्षिण कोरियाली प्रतिनिधि मण्डलले आफूले विकिरण डिटेक्टर र खाना लिएर टोकियो ओलम्पिक खेलकुदमा सहभागी हुने कुरा बताएको थियो। विभिन्न मुलुकले खाना ल्याउने हो भने टोकियो ओलम्पिक खेलकुद विश्वकै मिठो खान सम्मेलन बन्ने छ।

#समाचार सन्दर्भ# राजनीतिक हितका लागि आउँदो पुस्ताको भविश्य ध्वस्त गर्नु हुँदैन_fororder_1127325221_16183020215771n

वास्तवमा फुकुसिमाको आणविक चुटावट क्षेत्रको खाना टोकियो ओलम्पिक खेलकुदको खाना मेन्युमा राखिनुअघि आणविक चुहावट समस्यामा जापानको कारवाही स्वदेश र विदेशको कडा विरोध र निन्दा गरिएको छ। टोकियो ओलम्पिक खेलकुदको आयोजना हुन एक सय दिन मात्र बाँकी रहेको बेलामा जापान सरकारले फुकुसिमा आणविक विजुली स्टेशनको एक सय टनभन्दा बढीको फोहोर पानी समुद्रमा मिसाएको घोषणा गरेको थियो। जापानको क्योडो न्युजका लेखअनुसार, ओलम्पिक खेकलुदअघि उक्त निर्णयको घोषणा गरेको कुराले जापानको राष्ट्रिय छबिमा क्षति पुगेको छ। रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएअनुसार, टोकियो ओलम्पिक खेलकुदको गम्भीर हानी छ। जापानले विश्वलाई सजाय गर्ने निर्णय गरेको छ। आणविक फोहोर पानी समुद्रमा मिसाएको कुरालाई पहिलो चरण मानिएको छ।

#समाचार सन्दर्भ# राजनीतिक हितका लागि आउँदो पुस्ताको भविश्य ध्वस्त गर्नु हुँदैन_fororder_1127329724_16183882265081n

जापानले टोकियो ओलम्पिक खेलकुद शुरु हुनुअघि दोस्रो वर्षपछि समुद्रमा आणविक फोहोर पानी मिसाउने निर्णयको घोषणा गर्नुको खास कारण के हो?

सर्वप्रथम, विश्व गन्जागोल भइरहेका बेला जापानले पास गर्न खोजिरहेको छ। हालै विश्वका धेरै मुलुकमा कोरोना महामारी फेरि देखा परेको छ र संक्रमितको संख्या ठूलो परिमाणमा बढ्दै आएको छ। विश्वका विभिन्न मुलुकहरू महामारीको प्रतिरोध तथा आर्थिक पुनरूत्थानमा व्यस्त भइरहेको पृष्ठभूमिमा जापानले २ वर्षअगाडी नै आफूले प्रशान्त महासागरमा फुकुसिमा आणविक स्टेशनको फोहोर पानी समुद्रमा मिसाउने योजना सार्वजनिक गर्दा धमिलो पानीमा माछा समात्ने विचार लिएको जस्तो देखिन्छ।

दोस्रो कुरा, जापानको पछाडि अमेरिकाको मौन स्वीकृति र खुला समर्थन छ। आणविक फोहोर पानी समुद्रमा फालेपछि हजार वर्षसम्म क्षति गर्नेछ। जापानको यस्तो गतिविधि मानवजातिको इतिहासमा हटाउन नसकिने दोष र निन्दा बन्ने शंका छैन। धेरै मुलुकले निन्दा गरेको र सर्वसाधारणले जापानी समुद्री उत्पादनको विरोध गरेको आवाजको विपरीत अमेरिकाले उभिएर जापानलाई धन्यवाद ज्ञापन गर्दै समर्थन दिने भनेको छ। अमेरिकी विदेश मन्त्री अन्टोनी ब्लिन्कनले ट्विटरमा आणविक फोहोर पानीको संचालन गर्दा जापानले ‘पारदर्शी प्रयास’ देखाएको भन्दै धन्यवाद व्यक्त गरेका छन्। जापानको पछाडि रहेको अमेरिकाले मौन स्वीकृति र समर्थन दिएको सन्दर्भमा आणविक फोहोर पानीलाई समुद्रमा फाल्ने कुरा जापानले खुलस्त रूपमा जनाएको हो। वास्तवमा अमेरिकाले खुलस्त रूपमा जापानको समर्थन गरेको कारणको विश्लेषण गरेपछि एउटा निचोट सजिलैसँग निकाल्न सकिन्छः राजनीतिक हिसाब गर्दा अमेरिका-जापानको संगाती सम्बन्धमा महत्व दिनुपर्छ। पहिले ट्रम्प सरकारले अमेरिकालाई प्राथमिकता दिने कदम चालेको थियो र अन्तर्राष्ट्रिय व्यापार, विश्वव्यापी महामारीको प्रतिरोध क्षेत्रमा पृथकतावाद, एकपक्षीयवाद अँगालेकाले आफ्ना संगातीहरू एकपछि अर्को गरी अमेरिकाबाट टाढा पुगेका छन्। ट्रम्पपछि सत्तामा आएर अमेरिकी वर्तमान बाइडेन सरकारले विश्व मञ्चमा अमेरिकाको नेतृत्वदायी स्थानमा फर्काउन संगातीहरूलाई फेरि बोलाएको छ। आफ्ना युरोपेली साथी चिसो मुख देखाएता पनि जापानले अमेरिकाको पक्षमा उभिने छनौट गरेको छ। हालै सम्पन्न अमेरिका-जापान शिखर भेटवार्ताबाट हेर्दा यी दुई मुलुकले गठबन्धन गरेपछि चीनलाई रोक्ने अग्र स्थानमा जापान रहिरहेको छ। यो नै अमेरिकाले वैज्ञानिक तथ्यको वास्ता नगरी जापानले आणविक फोहोर पानीलाई समुद्रमा फाल्ने समर्थन दिइरहेको वास्तविक कारण हुनसक्छ।

#समाचार सन्दर्भ# राजनीतिक हितका लागि आउँदो पुस्ताको भविश्य ध्वस्त गर्नु हुँदैन_fororder_9345d688d43f879432f5b235c68d59fc1ad53ac5

रमाइलो कुरा के हो भने, अमेरिकाले मुखमा जापानलाई समर्थन दिए तापनि अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट प्रकाशित ९९-३३ आयात चेतावनीमा साग तथा फलफूल, मासु तथा पंक्षी, समुद्री खानालगायत दर्जनौँ जापानी खाद्यान्नलाई प्रवेश निषेध गरिएको छन्। अमेरिकाले वास्तविक कदमले आफ्नो सत्य देखाएको छ। अमेरिकी विदेशमन्त्री अन्टोनीको ट्विटरमा नेटिजेनले यसरी मूल्याकन गरेका छन्-यो फोहोर राजनीतिक व्यापार हो। अमेरिकाले विश्वका जनताको स्वास्थ्यको ख्याल राख्दैन, तर केवल आफ्नो भू-राजनीतिक हितको मात्र ख्याल राख्दछ।  चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभएको जस्तै, अमेरिका र जापानले अन्तर्राष्ट्रिय जगतको प्रतिनिधित्व गर्दैन र अन्तर्राष्ट्रिय अडरको परिभाषित गर्न योग्य पनि छैनन्, र आफ्नै मापदण्डमार्फत अरुमाथि लागाउन योग्य छैनन्।

समुद्र पूरै मानवजातको सम्पति हो र पूरै मानवजातबाट सुरक्षित गर्नु तथा तह मिलाउनुपर्छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यसरी बताउनुभयो-समुद्रले जीवन हुर्काएको, विश्वलाई सम्पर्क गरेको र विकासलाई अगाडि बढाएको छ। हामी मानवजातले यो निलो पृथ्वीमा बस्दा समुद्बाट विभाजित अग्ला-अग्लो टापु होइन, समुद्रबाट सम्पर्क गरिएको भाग्य समुदाय हो।

भर्खरै समाप्त पोआउ एसिया मञ्च २०२१ को वार्षिक सम्मेलनमा राष्ट्राध्यक्ष सीले यस्तो प्रश्न सोध्नुभयो, मावन समाज कतातर्फ जाने? हामीले सन्तानहरूका लागि कस्तो भविष्यको सिर्जना गर्ने? त्यसैले आणविक फोहोर पानी समुद्रमा उत्सर्जन गर्ने मामिलामा हामीले मानवको साझा हितकल्याणबाट जिम्मेवारीवोध धारण लिएर उचित छनौट गर्नुपर्छ।