एक चीन नीतिलाई उत्तेजित बनाएर अमेरिका आगोसँग खेल्दै
2021-04-24 16:40:21cri
Share with:

एक चीन नीतिलाई उत्तेजित बनाएर अमेरिका आगोसँग खेल्दै_fororder_11

स्थानीय समय अनुसार, अमेरिकी संसदको तल्लो सदनको कूटनीति समितिमा अप्रिल २१ तारिख ‘रणनीतिक प्रतिस्पर्धा बिधेयक २०२१’ पारित भएको छ। २०० पृष्ठको सो बिधेयकमा ५० ठाँउमा चीनको थाइवान क्षेत्रलाई उल्लेख गरिँदै अमेरिकाले नियमित रूपमा थाइवानलाई हतियार बेच्ने र अन्तर्राष्ट्रिय संगठनमा थाइवानको सहभागिताको समर्थन गर्ने उल्लेख छ। साथै अमेरिकाले अन्य मुलुकका सरकार जस्तै थाइवानलाई पनि समान व्यवहार दिने ठहर पनि गरेको छ।

यो नै अमेरिकी संसदले चीनको निर्णायक हित विषयबारे आगोसँग खेलेको हो र एक चीन नीतिलाई गम्भीर रूपमा उत्तेजित बनाएको पनि हो। साथै यस्तो गतिविधि चीन-अमेरिका बीच सम्पन्न ३ बुँदे विज्ञप्तिमा अमेरिकाले चीनसमक्ष दिएको बचनवद्धता विपरीत भएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्रमा एक चीन नीति सर्वविदित दिशानिर्देशन हो र थाइवान सम्बन्धमा चीन सरकारले कुनै पनि सम्झौता गर्दैन।

विश्लेषकहरूका अनुसार, अमेरिकी संसदको सो बिधेयकको बास्तविकता थाइवानलाई खेलौना मा्ने अथवा ध्वस्त बनाउने मानिएको छ। थाइवान समस्या चीन-अमेरिका सम्बन्धमा सबभन्दा महत्वपूर्ण र संवेदनशील विषय हो। केही अमेरिकी राजनीतिज्ञले चिनियाँको निश्चिततामा कम महत्व दिएका छन्। चीनले आफ्नो एक इन्च भूमि पनि कसैलाई हडप्न दिँदैन यो नै चिनियाँ जनता तथा इतिहासमा चीनले दिएको बचनबद्धता हो।

चीनले पटक पटक गरी जोड दिएको छ कि शान्ति तथा एकीकरण पाउनको लागि सबभन्दा ठूलो प्रयास गर्नेछ साथै अरू छनौटलाई पनि पन्छाउँदैन। थाइवान मामिला चीनको आन्तरिक मामिला हो र अरू पक्षको हस्तक्षेपलाई चीनले छुट दिँदैन। जुनसुकै व्यक्ति वा शक्तिले रोक्न नसक्ने यो ऐतिहासिक प्रक्रिया हो।