सीद्वारा लाओसका राष्ट्राध्यक्षलाई बधाई सन्देश
2021-04-25 18:53:57CRI
Share with:

अप्रिल २५ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले लाओसको जन मुक्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष थोङलोउन सिसोलिथसँग चीन र लाओसबीचको दौत्य सम्बन्ध स्थापना भएको ६०‌औं वार्षिकोत्सवबारे बधाई सन्देश दिनु भएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको साठी वर्षयता चीन र लाओसले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तलाई प्रचार-प्रसार र पालना गरेका, दुई मुलुकका जनतालाई वस्तुगत लाभ दिएका, दुई मुलुकबीचको आदान-प्रदानको नमूना खडा गरेका कुरा बताउनुभयो। साथै सीले कोरोना भाइरस महामारीपछि चीन र लाओसले महामारीको संयुक्त रुपमा प्रतिरोध गरेको बताउँदै मानव भाग्य समुदायको भावना देखाएका कुरा औँल्याउनुभयो।

प्रत्युत्तरमा थोङलोउनले लाओसले महामारीको प्रतिरोध गर्न र आर्थिक तथा सामाजिक विकासलाई अगाडि बढाउने क्षेत्रमा चीनले दिएको मूल्यवान सहायता र समर्थनप्रति कृतज्ञाता ज्ञापन गरेको बताउनुभयो। उहाँले लाओसले चीनसँग चौतर्फी रणनीतिक सहयोगलाई सबल पार्ने, विभिन्न क्षेत्रको मैत्रीपूर्ण आदान-प्रदानलाई विस्तार गर्ने आशा लिएको कुरामा जोड दिनुभयो।

सोही दिन चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि लाओसका प्रधानमन्त्री फान्खाम भिफाभानलाई बधाई सन्देश दिनुभयो।