अल्पसंख्यक जाति# सिनच्याङ युगुर स्वायत्त प्रदेशमा प्राचीन सडकको आकर्षण
2021-04-27 16:14:00cri
Share with:

अल्पसंख्यक जाति# सिनच्याङ युगुर स्वायत्त प्रदेशमा प्राचीन सडकको आकर्षण_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_513f6b4e-4ef8-4cf7-abd8-f0e3519f6555

खा चान छि सिन्च्याङ स्वायत्त प्रदेशको शा छ जिल्लामा रहेको एउटा प्राचीन सडक हो। यो सडक सन् १८७०मा निर्माण थालेको थियो र यसले एक सय वर्षभन्दा बढीको इतिहास बोकेको छ। युगुर भाषामा खा चान छिको अर्थ भाँडा बनाउने मान्छे भन्ने हो। इतिहासमा फलामको भाँडा तथा तामाको भाँडा बनाउने वा विक्री गर्ने धैरै शिल्पकारहरू त्यहाँ भेला हुने भएकाले खा चान छि सडक लोकप्रिय बन्दै गएको थियो।

हाल खा चान छि सडक शा छ जिल्लामा जातीय विशेषतायुक्त सडक बनेको छ। खा चान छि सडकका दुवै पक्षमा विविध किसिमका भाँडा, लोक हस्तकलाहरू, स्थानीय खानपान सामग्री, कृषि उत्पादनको विक्री गर्ने पसलहरू रहेका छन्। त्यसका साथै अरू धेरै मनोरञ्जन सुविधाहरू छन्।

सन् २०१९ सेप्टेम्बरदेखि शा छ जिल्ला सरकारले संस्कृति तथा पर्यटन उद्योगको विकास गर्दै खा चान छि सडकको सुधार गर्दैआएको छ। हाल खा चान छि सडकमा ३६३ वटा पसलहरू छन् र १५०० मिटर लामो व्यापार बेल्ट बनेको छ जसबाट कम्तीमा पनि ९६०जनाले रोजगार पाएका छन्। यसै गरी, सन् २०१९ मा २३ लाख ३० हजार पर्यटकले शा छ जिल्लाको पूरानो क्षेत्रको यात्रा गरेबाट पर्यटन आम्दानी कुल २७ करोड ८० लाख चिनियाँ युआन पुगेको थियो।

खा चान छि सडकमा घुम्दा धातुलाई पिटिरहेको आवाज सुनिन्छ। लगभग ६० वर्षिय वृद्ध टुर्सुन माइमाइटी तामाको भाँडा बनाइरहनुभएको छ। उहाँको पछाडि देखिएको तामाको पसल उहाँकै हो। पसलमा विक्रीमा राखिएका सबै तामाका सामग्रीहरू उहाँ आफैले बनाएका हुन्। टुर्सुन माइमाइटीले बाल्यकालदेखि नै तामाबाट भाँडालगायतका सामग्री बनाउने प्रविधि सिक्नुभएको थियो। उहाँका अनुसार, हाल उहाँ र उहाँका छोराले सँगसँगै मिलेर हस्तशिल्प तामाका वस्तु बनाएर विक्री गर्नुहुन्छ। हरेक महिनाको आम्दानी लगभग पाँच हजार युआन पुगेको छ। उत्पादन र आम्दानी बढाउनका लागि उहाँले लगानी गरेर कारखाना र अर्को पसल सञ्चालन गर्ने र अरू केही कामदार खोज्ने योजना बनाउँदै हुनुहुन्छ।

खा चान छि सडकमा गलैँचा पसलहरू पनि धेरै छन्। पसलअगाडि र भित्र रङ्गीविरङ्गी र विविध ढाँचाका गलैंचाहरू सजाइएका छन्। सिन्च्याङको गलैँचा सिन्च्याङ क्षेत्रमा उत्पादन हुने एक किसिमको ऊनबाट बनाइन्छ। यो गलैंचाको इतिहास लामो हुनुका साथै बनाउने शिल्प उच्चस्तरीय भएकाले ज्यादै प्रसिद्ध छ। यो गलैंचा स्थानीय परम्परागत जातीय कला र शिल्प उत्पादन पनि हो। यो सिन्च्याङको मुख्य निर्यात सामान पनि हो।

खा चान छि सडकको आकर्षण उसको लामो इतिहास र समृद्धि मात्र नभई त्यसका प्राचीन भवन र विविध पूराना मार्काको ऐतिहासिक मूल्याङ्कन पनि हो। यो सडकले स्थानीय आकर्षक संस्कृति देखाएको छ।