सत्तासीन भएको १ सय दिनमा पनि बाइडेन सरकार चीनबारे गलत बुझाईमा
2021-04-29 20:06:24cri
Share with:

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले आफू राष्ट्रपतिको पदमा आसीन भएको १ सय दिनको उपलक्ष्यमा अप्रिल २८ तारिख काँग्रेसलाई सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा चीनसँगको सम्बन्धबारे चर्चा गर्दै बाइडेनले चीनले पक्षपाती व्यापारिक नीति अपनाएको भन्नुभयो। उहाँले  अमेरिकाले भारत र प्रशान्त क्षेत्रमा सशक्त सैनिक शक्तिलाई कायम राख्ने घोषणा गरेको र मानव अधिकार र स्वतन्त्रको संरक्षण गर्ने कार्यभार बहन गर्ने जस्तै कडा रवैया देखाउनुभएको छ।

उहाँको भनाइबाट सजिलैसँग के देखिएको छ भने राष्ट्रपतिको पदमा १ सय दिन बसेतापनि बाइडेन सरकार आफ्नो पूर्व सत्ताको चीन सम्बन्धी नीतिको कालो छायाँबाट निस्केको छैन। अझ विशेषगरी बाइडेन सरकारले केही क्षेत्रमा अझ खतरनाक संकेत पनि देखाएको छ।

ह्वाइट हाउसका घरबेटी फेरे तापनि वाशिण्टन यथावत् रुपमा चीनबारे गलत बुझाईमा रहिरहेको देखिन्छ। अमेरिकाले चीनको विकास र समृद्धिलाई स्वीकार गर्न सकेको छैन। साथै अमेरिकाले जथाभावी तथाकथित चीनको त्रास धम्कीको प्रचार प्रसार गर्दै पूरै विश्वलाई एउटा नयाँ शीतयुद्धमा लैजान खोजेको छ। त्यस्तो गलत रणनीतिक जाँचबुझ अमेरिका आफ्नो लागि अझ विशेषगरी समस्त विश्वका लागि निकै खतरनाक हुनेछ।