चीनको आर्थिक पुनरूत्थानबाट विश्वलाई के ल्याइनेछ? अन्तर्राष्ट्रिय मुद्रा कोषका महा-प्रबन्धक क्रिस्तलिना गोर्गीभाले चीनको आर्थिक पुनरूत्थानले व्यापारिक च्यानल र कच्चा सामग्री, उपभोग वस्तु, उत्पादित वस्तुबारे चीनको चाहनामार्फत विश्वका अरू क्षेत्रलाई सक्रिय प्रभाव पारिरहेको व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै वर्ष चीनको आर्थिक वृद्धि दरलाई ८.१ प्रतिशतदेखि ८.४ प्रतिशतसम्म बढाएको छ।
अवश्य पनि महामारी फैलिरहेको र जटिल तथा परिवर्तित अन्तर्राष्ट्रिय वातावरणको हुनाले चीनको आर्थिक विकाससमक्ष अझै दबाव देखिन्छ। तर विश्वको दोस्रो ठूलो आर्थिक समूहको रूपमा रहेको चीनको लगातार आर्थिक पुनरूत्थानको आशा गर्न सकिन्छ साथै विश्वको आर्थिक पुनरूत्थानलाई अरू सक्रिय शक्ति प्रदान गर्नेछ।
‘बेल्ट एण्ड रोड’ सबैले हातमा हात मिलाएर अघि बढ्ने घमाइलो बाटो हो कुनै पक्षको निजी बाटो होइन। अप्रिल २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पोआउ एशियन मञ्च २०२१ को उद्धाटन समारोहमा सम्बोधन गर्दा बीआरआईको वास्तविकताबारे उक्त कुरा भन्नुभएको हो।
विश्वका लागि चीनले यस्तो घमाइलो बाटो औछ्याउँदै आइरहेको कारण के हो भने विश्वका विभिन्न मुलुकले वर्तमान चुनौतीको सामना गर्दा सहयोग आदानप्रदान गर्न सक्छन् र अझ उज्ज्वल भविष्यको सिर्जनाका लागि शक्ति थपिन्छ। यस बाटोमार्फत् युगको समस्याको समाधान गर्दा चीनको बुद्धि विश्वले देख्न सक्छ।
वर्तमान अवस्थाबाट हेर्दा मानवजाति तथा कोभिड बीचको संघर्षमा बीआरआईले महामारी प्रतिरोधी रेखा खडा गरेको साथै सम्बद्ध मुलुकको आर्थिक पुनरूत्थानका लागि जीवन्त शक्ति थपिरहेको छ।
अझ घनिष्ट सम्पर्क राख्ने साझेदारी सम्बन्ध स्थापना गर्ने, रेशमी सडक सम्बद्ध इ-कर्मसको सक्रिय विकास नै यस पटक चीनले प्रस्तुत गरेको सम्बद्ध मुलुकको व्यापार तथा लगानी सहयोग तरिकालाई अझ फराकिलो पार्नु रहेको छ।
अझ महत्वपूर्ण कुरा के हो भने बीआरआई मानवजातिको भविष्यमा केन्द्रित रहिरहेको छ। हरित पूर्वार्द्ध निर्माण, हरित उर्जा, हरित मौद्रिक सहयोगको प्रवर्द्धनमार्फत् बीआरआई हरित विकास अन्तर्राष्ट्रिय गठबन्धनलाई सुधार हुँदै छ। यस अवधारणा हाम्रो घरबार पृथ्वीको संरक्षण गर्ने जीवन्त शक्तिको रूपमा भूमिका निर्वाह गरिरहेको छ।
विश्व बैंकको प्रतिवेदन अनुसार सन् २०३०सम्म बीआरआईबाट विश्वका ७६ लाख व्यक्ति अति गरिबीबाट मुक्त हुने छन् भने र ३ करोड २० लाख व्यक्ति न्युन मध्यम गरिबी अवस्थाबाट मुक्त हुनेछन्। गरिबी निवारण बाटो र बृद्धि बाटो नै बीआरआईले विश्वलाई अझ समावेशी र खुला पार्ने लक्ष्य हो।
बितेका ७ वर्षमा यस अवधारणा विश्वमा सबभन्दा लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादन बनेको छ जसबाट के प्रष्ट्याइएको छ भनेः समान व्यवहार, सहयोग तथा साझा जीत नै सही बाटो हो। राष्ट्राध्यक्ष सीले सम्बोधनमा भन्नुभए जस्तै, ‘हाम्रो युग चुनौतीले भरिएको युग हो र आशावादी युग पनि हो।’