चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ लालसेनाको लङमार्चको भावनासम्बन्धमा
2021-04-30 11:25:46cri
Share with:

चीनको कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि राष्ट्राध्यक्ष सी चिन फिङले घरेलु निरीक्षण भेमणको क्रममा धेरै पटक लालसेनाको लङमार्चको पुरानो ठाउँमा भ्रमण गर्दैआउनुभएको छ। साथै उहाँले धेरै महत्वपूर्ण बैठकहरूमा धेरै पटक लालसेनाको लङमार्चको पनि सम्झना गर्नुभएको छ।

लालसेनाको लङमार्चको ८०औँ वार्षिकोत्सवको सम्झना बैठकमा राष्ट्राध्यक्ष सीले “लालसेनाको २५,००० माईलको यात्राको दौरान प्रत्येक ३०० मिटरमा एक लालसेनाको मृत्यु भएको तथा लङमार्चको यो मार्गमा असंख्य लालसेनाको रगतले रङ्गिएको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले लङमार्चको गृहनगरको पनि धेरै पटक भ्रमण गर्नुभएको छ। सन् २०१९ को मैमा, उहाँले च्याङसी प्रान्तको युतु जिल्ला केन्द्रीय लालसेना लङमार्च प्रस्थान बिन्दु स्मृति भवनको अवलोकन गर्नुभएको थियो। उहाँले महान लङमार्च भावना सम्पूर्ण देश र चिनियाँ जनताको मौलिक हितलाई सबैभन्दा माथि राख्नु भएको औँल्याउनु भयो।