#आँखीझ्याल# चिनियाँ खोपद्वारा बोलिभियाका जनतामा आशा जगाइएको
2021-04-30 14:55:17cri
Share with:

 

#आँखीझ्याल# चिनियाँ खोपद्वारा बोलिभियाका जनतामा आशा जगाइएको_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_a445576a-bb2e-441a-b8e2-1854e2f90670

फेब्रुअरी २४ तारिख पहिलो खेपको चिनियाँ साइनोफर्म खोप बोलिभिया पुगेको थियो। मार्चको अन्त्यमा दोस्रो खेपको साइनोफर्म पनि खोप पुगेको थियो। चिनियाँ खोपले बोलिभियाका जनतामा आशा जगाएको छ। बोलिभियाका लागि चिनियाँ राजदूत व्हाङ या चुङले हालै चाइना मिडिया ग्रुपका पत्रकारसँग अन्तर्वार्ता दिँदै चीन सरकारको मद्दतमा बोलिभियाको खोप लगाउने कार्य स्थिरताका साथ अगाडि बढाइँदैआएको, यसै गरी चीन र बोलिभियाबीचको खोपको सहयोग बोलिभियामा उत्पादन पुनःशुरु गर्न र दुई मुलुकको सम्बन्धका लागि महत्वपूर्ण अर्थ रहेको बताउनुभयो।

राजदूत व्हाङकाअनुसार, गत वर्षको डिसेम्बर महिना बोलिभियाको नयाँ सरकारको स्थापना भएको थियो। विभिन्न क्षेत्रमा चीन र बोलिभियाको आदान-प्रदान र सहयोग चौतर्फी रुपमा पुनःशुरु भएको छ। मानव स्वास्थ्य भाग्य समुदायको सिर्जना गर्नेसम्बन्धमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा प्रस्तुत गरिएको अवधारणालाई बोलिभियामा सक्रियताका साथ प्रतिक्रिया दिएको छ। चालू वर्षको शुरुमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बोलिभियाका राष्ट्रपति लुइस अल्बेर्टो अर्से काटाकोरासँग पहिलो टेलिफोन वार्ता गर्नुभएको थियो। उहाँहरूले द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासका लागि दिशानिर्देश गर्नुभयो। दुई मुलुकका नेताहरूको निर्देशनमा चीन र बोलिभियाको खोप सहयोगले वस्तुगत उपलब्धि हासिल गरेको छ। राजदूत व्हाङ भन्नुहुन्छ “चीन सरकारले बोलिभियालाई केही खोपको सहायता दिएको र साइनोफर्म खोपको व्यापारिक खरीदका लागि सुविधा उपलब्ध गराएको छ। दुई मुलुकका नेताहरूबीच टेलिफोन वार्ता भएपछि पहिलो खेपको साइनोफर्म खोप बोलिभिया पठाइएको र बोलिभियामा लगाउन थालिएको छ। गत मार्चको अन्त्यमा दोस्रो खेपको साइनोफर्म खोप सुचारु रुपमा बोलिभिया पुग्यो। चीन सरकारको मद्दतमा बोलिभियाको खोप लगाउने कार्य स्थिरताका साथ अगाडि बढाइँदैआएको छ।”