सी चिनफिङद्वारा युवालाई प्रोत्साहन #चिनियाँराष्ट्राध्यक्ष #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी
2021-04-30 10:50:59CRI
Share with:

मे ४ तारिख युवा दिवस पूर्व चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले छिङह्वा विश्वविद्यालयको भ्रमण गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले चीनको उच्च शिक्षाको विकासको खाका कोर्दै वर्तमान चिनियाँ युवाले नयाँ युगसँग अनुकूल रहेको साथै भारी जिम्मा लिनुपर्ने पनि दोहोर्याउनुभयो।

इतिहासको समीक्षा गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको आन्तरिक जीन पनि युवा नै भएको देखिन्छ। किनभने, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका १३ जना प्रतिनिधिको औसत उमेर २८ वर्ष  पनि पुगेको थिएन। त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीले पाएको सबै उपलब्धि युवाको जोश र समर्पणमा आधारित छ।

यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० औँ वार्षिकोत्सव हो। पूर्ण रूपमा समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने नयाँ यात्रा पनि सुरू भएको छ। दक्ष व्यक्ति चिनियाँ कम्युनिष्ट पार्टी र मुलुकलाई पहिलेभन्दा आज अझै जरूरी छ। युवाको लागि यो सबैभन्दा ठूलो मौका हो साथै सबैभन्दा ठूलो परीक्षा पनि हो।