चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा श्रमिकलाई प्रोत्साहन
2021-04-30 11:15:15cri
Share with:

राष्ट्रको विकासका लागि श्रमिकहरुको गुणस्तर महत्त्वपूर्ण हुन्छ। राष्ट्राध्यक्ष सी चिन फिङले धेरै अवसरहरूमा श्रमिकहरूको गुणस्तर सुधार गर्ने कुरामा जोड दिँदैआउनुभएको छ। "मे १" अन्तर्राष्ट्रिय श्रम दिवस नजिकिँदै गर्दा राष्ट्राध्यक्ष सीले श्रमिकहरुलाई प्रोत्साहन स्वरूप भन्नुभएका भनाइहरूको एक पटक पुनरावलोकन गरौँ।

सन् २०१६ को जुलाईमा यीनछ्वाङ शहरको निनतोङ ऊर्जा र रासायनिक आधारको निरीक्षण गर्दा सी चिन फिङले भन्नुभएको थियो, "श्रमजीवीको कडा परिश्रम र मेहनती मनोभावबाट हामी एक पछि अर्को ठूलो लक्ष्य हासिल गर्न सक्छौँ र एक पछि अर्को फलदायी परिणामहरू प्राप्त गर्न सक्छौँ।

राष्ट्राध्यक्ष सीले सधैँ व्यावसायिक शिक्षालाई महत्त्व दिँदैआउनुभएको छ र दक्ष सीपको प्रशिक्षण बारेमा बताउँदैआउनुभएको छ। यसै गरी, सन् २०१९ को अगस्तमा राष्ट्राध्यक्ष सीले कान्सु प्रान्तको शान्तान फैली स्कुलको व्यावसायिक शिक्षा र प्रशिक्षण विद्यालयको निरीक्षण गर्नुभएको थियो। शिक्षक र विद्यार्थीहरूसँग कुराकानी गर्दै उहाँले युवा विद्यार्थीहरूलाई कडा मेहनत गरी देशको लागि आवश्यक प्रतिभा बन्न सक्ने औँल्याउनुभएको थियो। केही समय अघि पनि राष्ट्राध्यक्ष सीले चीनको व्यावसायिक शिक्षाबारे महत्त्वपूर्ण निर्देशन दिनुहुँदै उच्च-गुणवत्ता प्राविधिक प्रतिभा हुर्काउन जोड दिनुभएको थियो।