चिनियाँ अन्तरिक्ष स्टेसन सम्पूर्ण मानवका लागि पृथ्वी बाहिरको साझाघर
2021-04-30 20:43:59cri
Share with:

चिनियाँ अन्तरिक्ष स्टेसन सम्पूर्ण मानवका लागि पृथ्वी बाहिरको साझाघर_fororder_rp1

हिजो अप्रिल २९ तारिख चीनले आफ्नो “लाङ मार्च”नामक परिवहन रकेटमार्फत अन्तरिक्ष केन्द्रको थेन ह नामक कोर मोड्यूललाई निश्चित ट्र्याकमा पठाएको छ। यो कार्यबाट चीनको अन्तरिक्ष केन्द्रको ट्र्याक निर्माण शुरू भएको देखिन्छ।

चीनले हाल हासिल गरेको यो उपलब्धि सजिलो छैन। गएको केही वर्ष अघि अमेरिकाको नेतृत्वमा रहेको “अन्तर्राष्ट्रिय अन्तरिक्ष क्लब”ले चीनलाई बाहिरै राख्ने निर्णय गरेको थियो। अमेरिकी राष्ट्रिय एयरोनाटिक्स र अन्तरिक्ष प्रशासन तथा अन्तरिक्षसित सम्बन्धित उद्योग व्यवसायहरूले चीनको अन्तरिक्ष संस्थासँग सम्पर्क नगर्नका लागि सन् २०११ मा अमेरिकाले एउटा“वुल्फ”नामक कानूनी सर्त सिर्जना गरेको थियो।