मे ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेलालाई बधाई सन्देश पठाउनुभएको छ।
सन्देशमा, राष्ट्राध्यक्ष सीले चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तुको आयोजना गर्नु र विश्वको उपभोग्य वस्तुको प्रदर्शन र किनमेल चौतारो उपलब्ध गराउनु विश्वको विभिन्न मुलुकले चीनको बजार मौका बाँड्नका लागि हितकर रहेको तथा विश्व अर्थतन्त्रको पुनरुत्थान र वृद्धिका लागि पनि हितकर रहेको भन्दै चीन विश्वका लागि उत्तम गुणस्तरको उपभोग्य वस्तु उपलब्ध गराउनका लागि लाभकारी रहेको उल्लेख गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले चीनले विभिन्न पक्षसँग मिलेर मानवको अझै सुन्दर भविष्यको संयुक्त रुपमा सिर्जना गर्ने आशा लिएको कुरामा पनि जोड दिनुभयो।
पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु मेला सोही दिनदेखि चीनको हाईनान प्रान्तीय हाईखौ शहरमा शुरु भएको छ। उक्त मेला चीनको वाणिज्य मन्त्रालय र हाईनान प्रान्तीय जन सरकारद्वारा संयुक्त रुपमा आयोजना गरिएको छ। सत्तरी वटा मुलुक तथा क्षेत्रका एक हजार पाँच सय वटा उद्योग-व्यवसाय उक्त मेलामा सहभागी भएका छन्।