चीनका राष्ट्राध्यक्ष सी र राष्ट्र संघीय महासचिव गुटेरेसबीच फोन वार्ता
2021-05-07 11:38:46CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ६ तारिख राष्ट्र संघीय महासचिव अन्टोनिओ गुटेरेससँग फोन वार्ता गर्नुभएको छ।

वार्ताको क्रममा विश्वलाई साँच्चिकै बहुपक्षियता चाहिने कुरा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। वर्तमान अन्तर्राष्ट्रिय जगतको सबैभन्दा महत्वपूर्ण कार्यभार कोभिड-१९ महामारीविरूद्ध लाग्नुभएको र ठूला मुलुकले नमूना देखाएर अझ बढी सार्वजनिक उत्पादन प्रदान गर्नुपर्ने पनि दोहोर्याउनुभएको छ।

चीनले राष्ट्र संघीय शान्ति कार्वाही र अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई निरन्तर रूपमा खोप प्रदान गर्नुका साथै कोभिड-१९ खोप योजनालाई निरन्तर समर्थन दिनेछ।

जलवायु परिवर्तनको सामना, दक्षिण-दक्षिण सहयोग, संयुक्त राष्ट्र संघसँग सहयोग सन् २०३० दिगो विकास एजेन्डाको व्यवहार आदि विषयबारे पनि राष्ट्राध्यक्ष सीले आफ्नो धारणा राख्नुभएको छ।

महासचिव गुटेरेसले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकी तथा संयुक्त राष्ट्र संघमा नयाँ चीनको वैधानिक स्थान बहाली भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, विविध क्षेत्रमा चीनसँग अझ घनिष्ट सहकार्य गरेर दुई पक्षको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिक्षामा संयुक्त राष्ट्र संघ रहेको छ।