#समाचार सन्दर्भ#अष्ट्रेलियाली चीन विरोधी राजनीतिज्ञले फर्केर हेर्ने समय आयो
2021-05-07 20:57:07CRI
Share with:

#समाचार सन्दर्भ#अष्ट्रेलियाली चीन विरोधी राजनीतिज्ञले फर्केर हेर्ने समय आयो_fororder_201

‘अष्ट्रेलियाले आफ्नो युद्धपन्थी मुद्राका लागि उच्च आर्थिक मूल्य तिरेको छ’ यो अमेरिकी पत्रकार ब्रेडली ब्लान्कनशिपद्वारा मे ६ तारिख वेभसाइट "रसिया टुडे"मा प्रकाशित गरिएको लेखको विश्लेषण हो। चीनले चीन-अष्ट्रेलिया रणनीतिक आर्थिक वार्ता संयन्त्र अन्तर्गत सबै गतिविधिहरूलाई अनिश्चितकालीन निलम्बन गरेको सो लेखमा उल्लेख गरिएको छ।

यद्यपि केही समय अगाडि चीनले दिएको चेतावनीका बाबजुद अष्ट्रेलियाका राजनीतिज्ञहरूले चिन्ता देखाउने बाहेक कुनै पाठ सिकेका छैनन्। अष्ट्रेलियाका व्यापारमन्त्री डान तेहानले भन्नुभयो चीनको निर्णय "निराशाजनक" छ र "अष्ट्रेलिया अझै पनि वार्ता गर्न र मन्त्रीस्तरीय बैठकमा भाग लिन इच्छुक छ", यद्यपि अष्ट्रेलियालाई वास्तवमै थाहा छैन, किन चीनले यस्तो निर्णय गरेको छ?

जसरी ब्ल्याकनशिपले लेखमा विश्लेषण गरेको छ, केही अष्ट्रेलियाली राजनीतिज्ञहरू, सैनिक नेताहरू र मिडिया रिपोर्टरहरूले चीन र अष्ट्रेलिया सम्बन्धमा तनाव र चीन-अष्ट्रेलियाली सैन्य संघर्षको सम्भावनालाई बढाइचढाइमा बहुलठ्ठीपनका तर्कहरूको प्रयोग गरेका छन्। विशेष रूपमा, अष्ट्रेलियाली पक्षले तथाकथित "राष्ट्रिय सुरक्षा"को आधारमा चीन र अष्ट्रेलिया बीचको अर्थव्यवस्था, व्यापार र मानवीय क्षेत्रमा सहयोग परियोजनाहरू र प्राप्त उपलब्धिहरूलाई प्रतिबन्ध र दमन गर्दछ। जसले दुई देशहरू बीचको आपसी विश्वास र सामान्य सहयोगको आधारमा गम्भीर क्षति गरेको छ।

#समाचार सन्दर्भ#अष्ट्रेलियाली चीन विरोधी राजनीतिज्ञले फर्केर हेर्ने समय आयो_fororder_202

धेरै वर्षदेखि अस्ट्रेलियाले चीनमा गर्दै आएको निर्यात वृद्धि हुँदै गरेको छ, यसको व्यापार बचतको ९८ प्रतिशतले चीनको व्यापारबाट आएको छ। कुनै पनि व्यावहारिक पक्षले देख्न सक्छ कि चीनसँग राम्रो सम्बन्ध कायम राख्नु अष्ट्रेलियाको मौलिक हितमा छ। यद्यपि सन् २०१८ पछि, चीन-अष्ट्रेलिया सम्बन्धहरू "नकारात्मक"मा झरेको छ। मुख्य अन्तर्राष्ट्रिय पृष्ठभूमि चीनलाई दबाउन र समेट्न अमेरिकी रणनीतिको व्यापक अपग्रेड हो। केही अस्ट्रेलियाका राजनीतिज्ञहरूले राजनीतिक सट्टा सोच राखेका छन् र पूर्ण रूपमा अमेरिकाको हातमा छन्, जसले चीन-अस्ट्रेलियाको सम्बन्ध बिस्तारै बिग्रँदै गएको छ। यस सम्बन्धमा, अष्ट्रेलियामा जनमतको चिन्ता र परावर्तनको कुनै कमी छैन। चिनियाँ चेतावनीको सामना गर्दै अष्ट्रेलियाली चीन विरोधी राजनीतिज्ञले फर्केर हेर्ने समय आएको छ।