चिनियाँ राष्ट्राध्यक्ष र कङ्गोका राष्ट्रपतिबीच टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
2021-05-07 19:52:25CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे ७ तारिख कङ्गोका राष्ट्रपति साइसेकेडीसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार कङ्गो अफ्रिकामा चीनको एक महत्वपूर्ण साझेदार हो। पारस्परिक विश्वास र समर्थन दुबै मुलुकको असल चरित्र हो। चीनले सधैँ रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट कङ्गोसँगको सम्बन्धलाई महत्व दिँदै आएको छ। कङ्गोले बेल्ट एण्ड रोड निर्णय प्रस्तावको संयुक्त निर्माणमा भाग लिँदै यी दुबै मुलुकबीचको सहयोगका लागि नयाँ विकास मञ्च सिर्जना गरेको छ। चीनले कङ्गोसँग अर्थ तथा व्यापार,पूर्वाधार प्रबन्ध,चिकित्सा,कृषि,संस्कृति आदि क्षत्रेको प्रभावकारी सहयोगलाई मजबुत बनाउने आशा गरेको छ।

राष्ट्रपति साइसेकेडीका अनुसार कङ्गोले एक चीनको नीतिलाई द्दढ समर्थन दिँदै चीनसँग महामारीको रोकथाम तथा नियन्त्रण,अर्थतन्त्रको पुनरुत्थान,वातावरणको संरक्षण,स्वतन्त्र व्यापार क्षेत्रको निर्माण आदि क्षेत्रमा सहयोग गर्ने आशा गरेको छ।