चिनियाँ राष्ट्राध्यक्ष र अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्षबीच टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
2021-05-07 19:53:08CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे ७ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष थोमस बाहसँग टेलिफोन वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार नयाँ कोरोना भाइरस फैलाइएदेखि अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिले धेरै प्रयास गर्दै विश्वमा एकताबद्ध भएर महामारीको रोकथाम तथा नियन्त्रणका लागि धेरै सकारात्मक शक्ति सिर्जना गरेको छ। चीनले टोकियो ओलम्पिक खेलकूदका लागि निन्तर रुपमा अन्तर्राष्ट्रिय ओलिम्पिक खेलकूद समितिलाई समर्थन दिँदै जानेछ। चीनले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिसँग खोपको सहयोगलाई बढाउँदै खेलाडीको सुरक्षालाई प्रत्याभूत गर्ने आशा राखेको छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार पैचिङ्ग हिउँदे ओलम्पिक खेलकूद र प्यारा हिउँदे ओलम्पिक विश्वका विभिन्न मुलुकको विशाल महोत्सव हो। यस महोत्सवले पूर्वानुमानबमोजिम सफल आयोजना गर्नेमा चीनले सम्पूर्ण विश्वास लिएको छ।

अध्यक्ष बाहले चीनका विभिन्न क्षेत्रमा पाइएको उल्लेखनीय उपलब्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिले चीनसँग घनिष्ट सहयोग गर्दै विश्व हिउँ खेलको विकासलाई प्रवर्द्धन गर्न प्रयास गर्दै जानेछ।