#आँखीझ्याल# हाई नान होटेल व्यवस्थापनको शिक्षा केन्द्र बन्ने सम्भावना
2021-05-07 15:33:37cri
Share with:

 

#आँखीझ्याल# हाई नान होटेल व्यवस्थापनको शिक्षा केन्द्र बन्ने सम्भावना_fororder_src=http___res_wenlvnews_com_a_10001_201908_3c092d533d23d37e8f0124f6eb9ba8e9_jpeg&refer=http___res_wenlvnews

 

विश्वको सबैभन्दा दीर्घकालीन इतिहास बोकेको होटेल व्यवस्थापन स्कुल-स्वीजर्ल्याण्डको लोजान होटेल व्यवस्थापन स्कुलले हाई नान स्वतन्त्र व्यापार क्षेत्रमा स्कुल खोल्ने भएको छ। हाल लोजान होटेल व्यवस्थापन स्कुलका सम्बन्धित जिम्मेवार व्यक्तिले चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता दिनुभएको छ। उक्त जिम्मेवार व्यक्तिकाअनुसार, हाई नान होटेल व्यवस्थापन शिक्षा केन्द्रका लागि विशेष श्रेष्ठता तथा सम्भावना रहेको छ। लोजान होटेल व्यवस्थापन स्कुलले होटेल व्यवस्थापन शिक्षा क्षेत्रमा चीनसँग सहकार्य गर्ने आशा लिएको छ।

लोजान होटेल व्यवस्थापन स्कुल सन् १८९३ मा स्थापना भएको थियो र यो विश्वको पहिलो होटेल व्यवस्थापन स्कुल पनि हो। हाल स्वीजर्ल्याण्डको लोजान होटेल व्यवस्थापन स्कुल र हाई नान प्रान्तले रणनीतिक सहयोगात्मक साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। हाई नानको शिक्षा विकास र दक्ष व्यक्ति हुर्कनका लागि यो हितकर छ। स्वीजर्ल्याण्डको लोजान होटेल व्यवस्थापन स्कुलले हाई नान स्वतन्त्र व्यापार क्षेत्रमा स्कुल खोल्ने, स्वीज‍र्ल्याण्डको लोजान होटेल व्यवस्थापन स्कुलको शिक्षा प्रणाली र स्नातक डिग्री पाठ्यक्रम भित्र्याउने छ।

स्वीजर्ल्याण्डको लोजान होटेल व्यवस्थापन स्कुल समूहको परामर्श कम्पनीका उच्च निर्देशक एन्ड्रे म्याकले स्वीजर्ल्याण्डको होटेल व्यवस्थापन शिक्षाले अभ्यासमा महत्व दिन्छ। विशेष व्यावसायिक शिक्षा प्रणालीमातहत रहेर विद्यार्थीहरूलाई स्कुलमा पढ्नुका साथै उद्योग-व्यवसायमा व्यावसायिक तालिम लिन आग्रह गर्छ। बताएअनुसार, लोजान होटेल व्यवस्थापन स्कुलका विद्यार्थीले पहिलो र दोस्रो वर्षमा आधा समयसम्म तलबसहित तालिम लिने गर्छन्। म्याकको विचारमा हाई नानको उपयुक्त प्रशिक्षण पूर्वशर्त हो। उहाँ भन्नुहुन्छ

“हाई नानले विद्यार्थीलाई अभ्यास मौका उपलब्ध गराउनसक्छ। चीनका अरु क्षेत्रहरूमा यो अप्ठ्यारो छ। चीनका अरु क्षेत्रमा पाँच तारे होटेल छ, शहरीय होटेल छ, रिसोर्ट छ। तर एकै क्षेत्रमा सबै किसिमका होटलहरू छैनन्। तर हाई नानको विशेष श्रेष्ठता छ। हाई नानमा विभिन्न किसिमको होटेल छ र रेस्टुरेन्टसम्बन्धी व्यवसाय पनि छ।”

चालीस वर्षअघि स्वीजर्ल्याण्डको लोजान होटेल व्यवस्थापन स्कुलले चीनसँग होटेल व्यवस्थापन शिक्षा क्षेत्रमा सहयोग गरेको थियो। केही व्यावसायिक शिक्षा परियोजना चीनमा धेरै वर्षहरूसम्म सफलताका साथ कार्यान्वयन गरिएको थियो। चीनको विकास भइरहेको अवस्थामा होटेल व्यवस्थापन क्षेत्रमा चीन अझै उच्च स्तरको शिक्षा प्रणाली चाहन्छ। म्याक भन्नुहुन्छ

“हामीले चीनमा श्रृंखलाबद्ध व्यावसायिक शिक्षा योजना प्रस्तुत गरेका छौं। तर विकासले तीव्रता पाइरहेको अवस्थामा हामीले सहयोगात्मक साझेदारसँग अझै उच्च स्तरको शिक्षा योजना भित्र्याउन छलफल गरेका छौं।”

“अन्तर्राष्ट्रिय शिक्षाको नवप्रवर्तन टापूको सिर्जना” चौधौ‌ पञ्च वर्षीय योजना लागू हुने अवधिमा हाई नानको महत्वपूर्ण विकास कार्य हो। हाल हाई नानले आफ्नो व्यवसायको विशेषताबमोजिम विश्वको उत्कृष्ट शिक्षा स्रोत साधन भित्र्याउँदै छ। लोजान होटेल व्यवस्थापन स्कुल भित्र्याउनु हाई नानको पर्यटनको विकाससित अनुकूल छ।

म्याकका अनुसार, हाई नान चीनको एक मात्रै उष्ण कटिबन्ध पर्यटनीय गन्तव्य स्थल हो। हाई नानले चिनियाँ र विदेशी पर्यटक भित्र्याउँदैआएको छ। हाई नानको प्रशस्त पर्यटकीय स्रोत साधन छ। हाई नान होटेल व्यवस्थापन शिक्षा केन्द्र बन्ने विशेष श्रेष्ठता छ। लोजान होटेल व्यवस्थापन स्कुलले योगदान दिने आशा लिएको छ। म्याक भन्नुहुन्छ

“हाई नान होटेल व्यवस्थापन र पर्यटनको शिक्षा केन्द्र बन्ने विशेष श्रेष्ठता छ। संसारका लागि उत्कृष्ट भौगोलिक स्थानमा रहेको शिक्षा केन्द्र मूल्यवान हुनेछ।”