चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच टेलिफोन वार्ता
2021-05-07 11:24:58CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मे ६ तारिख तुर्कमेनिस्तानका राष्ट्रपति गुर्वाङ्गुली बर्डीमुहासँग टेलिफोन वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र तुर्कमेनिस्तानबीच दौत्य सम्बन्ध स्थापना भएयता दुई मुलुकको सम्बन्धले अनेकौं “पहिलो” सिर्जना गरेको भन्दै दुई पक्षले मौका छोपेर सहयोगलाई विस्तार गर्दै दुई मुलुकको रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ भर्‍याङ चढाउँदै अगाडि बढाउने बताउनुभयो।

यसका साथै सीले चीनले तुर्कमेनिस्तानसँग महामारीविरुद्ध खास गरी खोप सहयोग, जनताको जीवन सुरक्षा र शारीरिक स्वास्थ्यको संयुक्त रुपमा संरक्षण गर्न तथा मानव स्वास्थ्य भाग्य समुदायको सिर्जना गर्ने आशा लिएको बताउनुभयो।

बर्डीमुहाले तुर्कमेनिस्तानले चीनसँगको गहिरो मित्रतालाई उच्च महत्व दिएको भन्दै चीनसँग निरन्तर र पारस्परिक रुपमा समर्थन रहने र प्राकृतिक ग्याँस, अर्थतन्त्र तथा व्यापार, अन्तर्देशीय परिवहन, चिकित्साआदि क्षेत्रहरूको सहयोगलाई बढाउने बताउनुभयो।

उहाँले तुर्कमेनिस्तानको कोरोना भाइरस महामारीविरुद्धमा चीनले मूल्यवान मद्दत दिएकोमा कृतज्ञता व्यक्त गर्नुका साथै चीनसँग महामारीविरुद्ध सहकार्य गर्ने आशा पनि व्यक्त गर्नुभयो।