राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हनान प्रान्तको नान याङको निरीक्षण
2021-05-12 21:05:29CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे १२ तारिख हनान प्रान्तको नान याङ शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमण क्रममा, उहाँले सर्वप्रथम यी शङ मन्दिर जानुभइ प्राचीनकालका प्रसिद्ध चिकित्सक चाङ चोङ चिङले चिनियाँ जडीबुटी विकासका लागि गरेको योगदानबारे जानकारी लिनुभएको छ।

त्यसपछि उहाँले नान याङ फूल मेला र चिनियाँ जडीबुटी लिमिटेड कम्पनी पुगेर फूल र चिनियाँ जडीबुटीको श्रेष्ठतामा विशेषतायुक्त व्यवसायको विकास गरी स्थानीय बासिन्दालाई रोजगारी सिर्जना तथा प्रबर्द्धन गरेको अवस्थाबारे पनि निरीक्षण गर्नुभएको छ।