राष्ट्राध्यक्ष सी चिनफिङको हनान भ्रमणको पहिलो दिन #चिनियाँराष्ट्राध्यक्ष
2021-05-13 16:03:07cri
Share with:

राष्ट्राध्यक्ष सी चिनफिङको हनान भ्रमणको पहिलो दिन #चिनियाँराष्ट्राध्यक्ष_fororder_习1

हनान प्रान्तको नान याङ शहरको निरीक्षणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे १२ तारिख दिउँसो पवित्र चिकित्सक स्मारक भवन र नान याङ जडीबुटी अर्थात् नागदौन(वर्मवुड) उत्पादन लिमिटेड कम्पनी जानुभई चिनियाँ जडीबुटी र वर्मवुड उत्पादित वस्तुको विकास अवस्थाबारे जानकारी लिनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङको हनान भ्रमणको पहिलो दिन #चिनियाँराष्ट्राध्यक्ष_fororder_习2

राष्ट्राध्यक्ष सीका अनुसार, हजारौँ वर्षदेखि चिनियाँहरूले परम्परागत जडीबुटीद्वारा बिरामीको उपचार गर्दैआएका छन्। नयाँ कोरोनाभाइरस महामारी र सार्स लगायतका विनाशकारी सरूवा रोगको प्रतिरोध गर्ने प्रक्रियामा पनि जनताले चिनियाँ जडीबुटीको भूमिकाबारे अझ गहन रूपमा ज्ञान प्राप्त गरेका छन्। आगामी दिनहरूमा चीनले चिनियाँ जडीबुटीको विकास गर्नुका साथै आधुनिक विज्ञानद्वारा चिनियाँ जडीबुटी सिद्धान्तको व्याख्या गर्दै चिनियाँ र पश्चिमा चिकित्सालाई सँगै मिलाउने बाटोमा लाग्नेछ।