राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नान याङ शहरको सी छ्वान जिल्लाको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष
2021-05-14 15:39:43cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १३ तारिख निरन्तर रूपमा हनान प्रान्तको नान याङ शहरको निरीक्षण गर्दै हुनुहुन्छ। सर्वप्रथम उहाँले सी छ्वान जिल्ला जानुभई थाउ छा शौ छ्युको जलाशय परियोजना, तान च्याङ खौ जल भण्डार र च्यौ छोङ बस्तीको चौ च्वाङ गाउँको निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा उहाँले दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको व्यवस्थापन अवस्था र उद्गम स्थलको पर्यावरणीय वातावरणको संरक्षणबारे जानकारी लिनुभएको छ। साथै उहाँले दक्षिणी जललाई उत्तरतिर लैजाने क्रममा बासिन्दाहरूलाई अन्यत्र सारिएको अवस्था, स्थानीय विशेषतायुक्त व्यवसायको विकास र अन्यत्र सारिने बासिन्दाको आम्दानी बढाउने विषयबारे पनि जानकारी लिनुभयो।

 

दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनालाई पूर्वी, मध्य र पश्चिमी ३ वटा लाइनमा विभाजन गरिएकाले बेग्लाबेग्लै गरी छाङच्याङ नदीको शिरान, मध्य भाग र पुच्छरबाट उत्तरी भागतर्फ पानी लगिएको छ। त्यस विशाल परियोजनाको कल्पनालाई सन् १९५२ को अक्टोबरमा पहिलो पल्ट प्रस्तुत गरिएको थियो। ७ वर्षअघि उक्त परियोजनाको पूर्वी र मध्य लाईन पुर्ण रूपमा सञ्चालनमा आएकाले कल्पनालाई तथ्यमा परिणत भएको छ।