दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजना
2021-05-14 19:16:12CRI
Share with:

सन् २००२ देखि सुरू भएको दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजना चीनको रणनीतिक आधारभूत प्रबन्ध हो। यो विश्वमा सबैभन्दा ठूलो जल विस्तार परियोजना हो। हालसम्म यो परियोजनाले याङसी नदीबाट करिब ४३ अर्ब घन मिटरको पानी जल अभाव भएको उत्तरी भागमा पठाइसकेको छ। जसबाट परियोजना वरिपरिका ४२ ठूला-मध्य शहरका १४ करोड बासिन्दा लाभान्वित भएका छन्।

हनान प्रान्तीय नान याङ शहरीय सी छ्वान जिल्ला दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको केन्द्रीय लाइनको आरम्भस्थल हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १३ तारिख त्यहाँको निरीक्षण गर्दै परियोजनाको निर्माण र व्यवस्था, जल उद्रगम स्थलको पर्यावरणीय वातावरणको संरक्षण र अन्यत्र सारिएका बासिन्दाको अवस्थाबारे जानकारी लिनुभएको छ।