राष्ट्राध्यक्ष सी चिनफिङद्वारा दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष
2021-05-14 15:40:21cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको हनान प्रान्तको निरीक्षण भ्रमण १३ तारिख पनि जारी छ। दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको केन्द्रीय उद्रगम स्थल अर्थात् सी छ्वान जिल्लामा उहाँले अघिपछि गरी जलशय परियोजना, जल भण्डार र नयाँ गाउँको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले परियोजनाको निर्माण र व्यवस्था, जल उद्रगम स्थलको पर्यावरणीय वातावरणको संरक्षण र अन्यत्र सारिएका बासिन्दाको अवस्थाबारे जानकारी लिनुभएको छ।

 

सी छ्वान जिल्लामा अवस्थित चौ च्वाङ गाउँ जल परियोजनाका कारण अन्यत्र सारिने बासिन्दाहरू बसोबास गरिरहेको नयाँ गाउँ हो। राष्ट्राध्यक्ष सीले १३ तारिख उक्त गाउँ जानुभई त्यहाँका स्थानीय बासिन्दाको जीवनयापनको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँका अनुसार, चालु वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वार्षिकोत्सव हो। चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्षको इतिहास नै जनताका लागि सुखमय जीवनको सिर्जना गर्ने इतिहास रहेको छ। देशका लागि योगदान गरेको सम्बन्धमा उहाँले विशेषगरी जल परियोजनाका निर्माणकर्ता र सम्बद्ध क्षेत्रबाट अन्यत्र सारिएका जनतालाई धन्यवाद प्रकट गर्नुभएको छ।