धनी बन्ने बाटोमा हिँड्दै युगुर जातीय युवा
2021-05-14 15:59:02cri
Share with:

धनी बन्ने बाटोमा हिँड्दै युगुर जातीय युवा_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_1_22d2c94d-8fb1-40be-b612-da5dbb3c9866

 

युगुर जातिका २५ वर्षीय युवा माइमाइथीआइली थुलुसुन हाल निकै व्यस्त छन्। उनी सिन्च्याङको शा छ जिल्लाको था का अर छि बस्तीका दुई वटा घरघरमा सामग्री पुर्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी यो व्यवसायलाई विस्तार गर्न व्यस्त छन्। कहिलेकाहीँ उनी राती दश बजे मात्र घर फर्कन पाउँछन्। 

चाइना मिडिया ग्रुपका पत्रकारले था का अर छि बस्तीमा माइमाइथीआइली थुलुसुनसँग भेट गर्दा उनी भर्खरै मात्र एउटा सुपरमार्केटसँग सहयोग मामिलाबारे छलफल टुङ्ग्याएका थिए। माइमाइथीआइली थुलुसुन भन्छन्

“मेरो कम्पनीले केही जिल्ला र बस्तीमा शाखा कम्पनीको स्थापना गरेको छ। म गाउँ धनी बनाउने निर्देशक बन्ने मेरो आशा छ।”

हाल माइमाइथीआइली थुलुसुनका दुई वटा कम्पनीमा जम्मा ९८ जना कर्मचारीहरू छन्। उनका दुई कम्पनीले ७८५ वटा रेस्टुराँ, ५० वटा होटेल, र ५२ वटा सुपरमार्केटसँग सहयोगात्मक सम्बन्ध स्थापना गरेका छन्। स्थानीय वासिन्दाका आँखामा उनी सफल व्यक्ति बनेका छन्। तर सात वर्षअगाडि उनको परिवार गरिब परिवार थियो। उनी भन्छन् “पहिले मेरी आमा बिरामी हुँदा अस्पतालमा भर्ना गर्न मैले धेरै जनासँग पैसा उधारो लिएको थिएँ। मेरो बुबा अपाङ्ग हुनुहुन्छ। मेरा दुई बहिनीहरू पढ्दै थिए।”

परिवारको खर्चको समाधान गर्न माइमाइथीआइली थुलुसुन रोजगार गर्न बाहिर गए। उनले सिन्चयाङको सदरमुकाम ऊरुमुछी र अरु जिल्लामा  घरघरमा सामान पुर्याउने सेवाबाट ल्याइएको सुविधा देखे। उनको विचारमा उनको जन्मथलोमा पनि यस्तो सेवाको विकास गर्ने मौका छ। उनी भन्छन्

“बस्तीबाट आउने कार्य-टोलीका सदस्यलाई, गाउँलाई सहायता दिन जिल्लाबाट आउने अधिकारीलाई र विद्यालयका शिक्षकशिक्षिकालाई खाना खान निकै समस्या छ। किनभने मोटर गाडी चढेर रेस्टुराँसम्म जान त्यति सुविधा छैन। कहिलेकाहीँ उनीहरूलाई खाना पकाउने समय पनि हुँदैन। ऊरुमुछीमा मैले एउटा खाना पुर्याउने सेवा कम्पनी देखेको थिएँ। त्यसैबाट प्रेरित भइ म जन्मथलो फर्केर यो कम्पनीको शाखा स्थापना गरेँ। पैसा कमाएपछि मैले एउटा घरघरमा सेवा पुर्याउने चौतारोको स्थापना गरेँ।”

माइमाइथीआइली थुलुसुनलाई कम्पनीको स्थापना गर्न उनका नातेदारहरूले पैसा उधारो दिएका छन्। शा छ जिल्लाको रोजगार विभागले पनि उनलाई दुई हजार चिनियाँ युआनको स्वरोजगार भत्ता रकम दिएको छ। उनले बस्तीमा रहेका एक-एक रेस्टुराँका मालिकसँग छलफल गरे। उनी भन्छन् “मैले पहिलो पटक एक रेस्टुराँका मालिकलाई भेटेर यसो भनेँ, ऊरुमुछी र धेरै जिल्लामा घरघरमा सेवा दिने कम्पनी छैन। तपाईँको रेस्टुराँ निकै राम्रो छ। मैले यो सेवामार्फत तपाईँको रेस्टुराँका खानालाई किसान, गाउँका कर्मचारीसम्म लैजाने छु। के तपाईँ मेरो कम्पनीसँग ठेक्का पत्रमा हस्ताक्षर गर्न इच्छुक हुनुहुन्छ? ग्राहकहरूले तपाईँको रेस्टुराँबाट खाना अर्डर गरेपछि हामीले उक्त खानालाई ग्राहकका हातसम्म पुर्याउनसक्छौं। केही रेस्टुराँका मालिकले ठेक्का पत्रमा हस्ताक्षर गर्न स्वीकार गरेका छन्। केहीले अस्वीकार गरेका छन्। विस्तरैविस्तारै मेरो कम्पनीले विश्वसनीयता प्राप्त गरेपछि धेरै रेस्टुराँले ठेक्का पत्रमा हस्ताक्षर गर्ने छन्।”

आफ्नो प्रयास र सबैजनाको सहयोग र समर्थनबाट माइमाइथीआइली थुलुसुनले आठ जना कर्मचारी भर्ना गरी आफ्नो कम्पनीमार्फत् उ खाना पुर्‍याउने सेवा प्रदान गर्न थालेका छन्।