दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको बाँकी भागको उच्च गुणस्तरीय विकास बढाउने गोष्ठीमा राष्ट्राध्यक्ष सीको सम्बोधन
2021-05-14 21:20:34CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १४ तारिख हनान प्रान्तीय नान याङ शहरमा दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको बाँकी भागको उच्च गुणस्तरीय विकास बढाउने गोष्ठीको अध्यक्षता गर्नुभएको छ। सो गोष्ठीमा उहाँले सम्बोधन गर्दै दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजना रणनीतिक परिस्थिति, दीर्घकालीन विकास र जनताको हितसित सम्बन्धित रहेको बताउनुभएको छ। राष्ट्रिय एकिकृत बजार र सुचारू घरेलु चक्रको निर्माण गर्न र दक्षिण तथा उत्तरको समन्वय विकासलाई बढाउनका लागि जलस्रोत आवश्यक छ। परियोजनाको वैज्ञानिक ढंगले निर्माण गर्नुका साथै जलस्रोतको बचत गर्न पनि राष्ट्राध्यक्ष सीले आग्रह गर्नुभएको छ।