चीनका राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश
2021-05-15 17:33:45CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश_fororder_0515hedian

१५ तारिख बिहान सात बजेर १८ मिनेट “थ्येन वन एक” नामक डिटेक्टर मङ्गल ग्रहको पूर्व-निर्धारित अवतरण क्षेत्रमा सफलताका साथ अवतरण गरेको छ। योसँगै चीनको पहिलो मङ्गल ग्रह अन्वेषण परियोजनाअन्तर्गतको मङ्गल ग्रहमा अवतरण सफल भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पार्टी, राज्य परिषद र केन्द्रिय सैन्य आयोगका प्रतिनिधिलाई हार्दिक बधाई तथा अभिवादन व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, मङ्गल ग्रहमा थ्येन वन एक डिटेक्टरको अवतरणले चिनियाँ अन्तरिक्ष अन्वेषण यात्रामा महत्वपूर्ण पाइला चालेको छ। यो चिनियाँ अन्तरिक्ष कार्यभारको विकासमा अर्को कोसेढुंगा हो।

सन् २०१६ देखि सुरू भएको चिनियाँ पहिलो मङ्गल ग्रह अन्वेषण परियोजनाले मङ्गल वरपरको अन्वेषण, अवतरण र मङ्गल ग्रहमा गश्ती तथा अन्वषेणको योजना बनाएको छ।