रेशमी मार्ग - छाङआन अर्थतन्त्र, व्यापार तथा सांस्कृतिक प्रवर्द्धन सम्मेलनको आयोजना
2021-05-15 19:08:10CRI
Share with:

रेशमी मार्ग - छाङआन अर्थतन्त्र, व्यापार तथा सांस्कृतिक प्रवर्द्धन सम्मेलनको आयोजना_fororder_0515 xian1

रेश्मी मार्ग - छाङआन अर्थतन्त्र, व्यापार तथा सांस्कृतिक प्रवर्द्धन सम्मेलन १२ तारिख पल्लो शान सी प्रान्तीय सि आन शहरमा आयोजना भएको छ। सम्मेलनमा करिब पचास देशका राजदूत तथा कूटनीतिज्ञ गरी एक सय बढीको सहभागिता रहेको छ। पल्लो शान सी प्रान्तीय सरकारले आयोजना गरेको यो सम्मेलनमा सी आन शहरीय सरकार, पल्लो शान सी प्रान्तीय वैदेशिक मैत्री संघ सह-आयोजकको रूपमा रहेका छन्।

रेशमी मार्ग - छाङआन अर्थतन्त्र, व्यापार तथा सांस्कृतिक प्रवर्द्धन सम्मेलनको आयोजना_fororder_0515 xian2

यो सम्मेलन सी आनको आर्थिक, व्यापारिक तथा सांस्कृतिक यात्राका लागि एउटा महत्वपूर्ण भाग हो। यो सम्मेलन र अरू कार्यक्रमको हस्ताक्षर समारोह तथा सहयोगमार्फत् विभिन्न देशको आर्थिक तथा सांस्कृतिक आदानप्रदानलाई बढाइनुका साथै मित्रतालाई गहन पारेर मानव समाजको शान्ति, स्थिरता तथा समृद्धलाई बढाउने आशा गरिएको छ।