#अल्पसंख्यक जाति#पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो सम्पन्न
2021-05-18 16:13:24cri
Share with:

#अल्पसंख्यक जाति#पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो सम्पन्न_fororder_1

मे १० तारिख पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो चिनियाँ हाइनान प्रान्तीय हाइ खौ शहरमा पूरा भएको छ। यो एक्स्पोले विश्वको उपभोग बजारलाई प्रोत्सान गर्नुका साथै विश्व अर्थतन्त्रको पुनर्त्थान तथा वृद्धिका लागि सहयोग दिएको छ।

पहिलो चीन अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पोले विश्वलाई उच्च गुणस्तरीय उपभोक्ता सामग्री दिनुका साथै चिनियाँ राम्रा उपभोक्ता सामग्री विश्वको बजारमा प्रवेश गर्न चौतारो पनि दिएको छ।

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको यी लीबाट आएकी छन फिङ गैर-भौतिक सांस्कृतिक सम्पदामा सूचिकृत कढाई को उतराधिकारी हुनुहुन्छ। उहाँले उक्त कढाईमार्फत् सीकुन्याङ नामक मार्काको स्थापना गर्नुभयो। एक्स्पोमा उहाँले जातीय विशेषतायुक्त कढाई उत्पादनको प्रदर्शन गर्नुभएको छ। उहाँको विचारमा, यो एक्स्पोले अझ बढी व्यक्तिलाई सिन्च्याङको गैर-भौतिक संस्कृतिबारे जानकारी दिनुका साथै अझ बढी देशलाई चिनियाँ गैर-भौतिक सांस्कृतिक उत्पादनबारे जानकारी दिएको छ।