बाइडेन सरकार “अमेरिकालाई प्राथमिकता दिने” गलत बाटोमा
2021-05-19 18:14:27cri
Share with:

बाइडेन सरकार “अमेरिकालाई प्राथमिकता दिने” गलत बाटोमा_fororder_QQ图片20210519152812

“बाइडेनको संस्करण” मा भएको “अमेरिका प्रथम” ले विश्वलाई दु:ख दिँदै छ- यो अमेरिकाको द लिन्डसे ग्रुपका वरिष्ठ सल्लाहकार जोसेफ सुभिभानले “विदेशी नीति” पत्रिकाको वेभसाइटमा प्रकाशित गरेको लेखको शीर्षक हो। खोपको जातिवाददेखि आर्थिक तेज योजनासम्म बाइडेन सरकारले विश्वका अरु मुलुकहरुको हितलाई विथोल्ने तरिकामार्फत अमेरिकी हित प्राप्त गर्दै आएको सो लेखमा औँल्याइएको छ।

अमेरिकाको वर्तमान सरकारको कथनी र करनीबारे पुन:रावलोकन गर्दा सुभिभानको विश्लेषण युक्तिसंगत छ। बाइडेन सरकारले पूर्व सरकारको “अमेरिकाको प्राथमिकता नीति”लाई छोड्ने कुरामा जोड दिएको छ, तथापि विगत १०० दिनमा त्यसको गतिबिधि निकै फरक देखिन्छ।

बाइडेन सरकार “अमेरिकालाई प्राथमिकता दिने” गलत बाटोमा_fororder_QQ图片20210519152826

कोरोना विरुद्ध खोपको जातिवादबाट खोपको वितरण न्यायोचित नभएको परिस्थिति देखिएको छ, जुन विश्वको महामारीको नियन्त्रणमा रहेको एउटा अवरोध हो। केही संस्था र सञ्चार माध्यमका अनुसार, अमेरिकाले २ अर्ब ६० करोड डोज खोप खरिद गरेको छ, जुन विश्वको एक चौथाई भाग रहेको छ र स्वदेशको मागभन्दा धेरै बढी छ। करोडौं खोप अमेरिकाको भण्डारमा राखिएको छ। अप्रिल २५ तारिखसम्म अमेरिकाले निर्यात गरेको खोप ३० लाख डोज रहेको छ, जुन उत्पादन मात्राको १.१ प्रतिशत मात्र रहेको छ।

यति मात्र होइन। अमेरिकाले मुद्रास्फितिको दबाउलाई निरन्तर रुपमा अरु देशलाई हस्तान्तरण गर्दै आएको छ। बाइडेन सरकारको आर्थिक नीतिको उद्देश्य स्वदेशको आर्थिक विकासलाई बढाउनु हो, तथापि जसबाट विश्वमा अन्नबाली लगायत मालसामानको भाउ बढ्दै आएको छ। जसले अन्नबालीको आयात गर्ने मुलुकका गरिब सर्वसाधारणलाई ठूलो क्षति पुग्ने सुभिभानको ठहर छ।

बाइडेन सरकार “अमेरिकालाई प्राथमिकता दिने” गलत बाटोमा_fororder_QQ图片20210519152822

भनाइमा “अमेरिकाको प्राथमिकता”लाई छोड्ने वचन दिएतापनि बाइडेन सरकार यथावत रुपमा यस गलत बाटोमा कुदिरहेको छ, जसले विश्वलाई अरु बढी रोग, दु:ख, भोक र गरिबी ल्याएको छ।