चीनको बजारको आर्षकण शक्ति देखिएको #चीनकोविकास
2021-05-20 15:40:08cr
Share with:

चीनको बजारको आर्षकण शक्ति देखिएको #चीनकोविकास_fororder_src=http___p6.itc.cn_q_70_images03_20210415_defd9944eb724ba095330d3d1dbad371.jpeg&refer=http___p6.itc

आरआईए नोभोस्टीले हालै एउटा लेख प्रकाशित गर्दै चीनले विदेशी पूंजी भित्र्याउने प्रक्रिया किर्तिमानलाई भंग गर्ने र अझै द्रुत गतिले निरन्तर रुपमा जारी रहने कुरा उल्लेख गरेको छ। चीनको वाणिज्य मन्त्रालयले मे १३ तारिख सार्वजनिक गरेको तथ्याकंअनुसार, चालू वर्षका अघिल्ला चार महिनामा चीनले विदेशी पूंजीको लगानीद्वारा संचालित नयाँ १४,५३३  वटा उद्योग-व्यवसाय भित्र्याएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.२प्रतिशतले वृद्धि भएको छ र सन् २०१९को सोही अवधिको तुलनामा ११.५प्रतिशतले वृद्धि भएको छ।

चालू वर्षका अघिल्ला चार महिना चीनको उच्च विज्ञान तथा प्रविधि व्यवसायले भित्र्याएको विदेशी पूंजी गत वर्षको सोही अवधिको तुलनामा २९.१प्रतिशतले वृद्धि भएको छ। आर्थिक सहयोग तथा विकास संगठनले हाल सार्वजनिक गरेको तथ्याकंअनुसार, सन् २०२०मा विश्वको एफडीआई अर्थात् विदेशी प्रत्यक्ष लगानी घटेर पन्ध्र वर्षयता न्यूनम बिन्दुमा पुगेको थियो। चीन अमेरिकालाई पछि पारेर विश्वको पहिलो ठूलो लगानी गन्तव्य बनेको थियो। यसबाट चीनको बजारको आर्षकण शक्ति देखिएको छ।

विदेशी पूंजी किन चीनमा प्रवेश भएको छ? सबैभन्दा ठूलो आकर्षण शक्ति चीनको व्यवसायको समग्र श्रृंखला, वैज्ञानिक तथा प्राविधिक नवीकरण क्षमता, सहुलियत परिवहन प्रणाली र प्रशस्त जन स्रोत र साधन रहनु हो। ती श्रेष्ठताहरूले विदेशी उद्योग-व्यवसायको लागत घटाउनुका साथै आर्थिक विकासमा नवप्रवर्तन शक्ति थप्नसक्ने छन्।

यसका साथै १ अर्ब ४० करोड जनसंख्या रहेको उपभोग बजार चीनको अर्थतन्त्रलाई अगाडि बढाउने सबैभन्दा महत्वपूर्ण शक्ति बनेको छ। महामारीबाट असर परेको सन् २०२०मा चीनको वाणिज्य मन्त्रालयको जाँचबुझअनुसार, चीनमा अवस्थित ६० प्रतिशतका विदेशी उद्योग-व्यवसायहरूको कारोबार आम्दानी र नाफामा वृद्धि भएको छ जुन र पहिलेको समान भएको छ।

अमेरिकी जनरल इलेक्ट्रिकअन्तर्गत चीन क्षेत्रका उप महाप्रबन्धक छन रुङशङले चीनको “चौधौं पञ्च वर्षीय योजना” कार्यान्वयन हुनुका साथसाथै चीनको बजार मौका अझै ठूलो बन्ने र चीनसितको सहकार्य अझै गहिरो हुने बताउनुभयो।

विश्वमा कोरोना भाइरस महामारी र आर्थिक पुनरुत्थानको भविष्य अनिश्चित छ। चीनले विदेशी पूंजी भित्र्याउने क्षेत्रमा सधैं चुनौती रहेको छ तर यसबाट चीनसँग सम्बन्ध विच्छेद गर्ने भनाई हास्यास्पद भएको कुरा प्रतिविम्वित भएको छ।