चीन-युरोप लगानी सन्धिलाई राजनीतिक धम्की बनाउने युरोपेली केही नेताको प्रयास
2021-05-21 20:27:04cri
Share with:

चीन-युरोप लगानी सन्धिलाई राजनीतिक धम्की बनाउने युरोपेली केही नेताको प्रयास_fororder_IMG_2421(20210521-202506).JPG

हाल युरोपेली संसदले चीन-युरोप लगानी सन्धिलाई धम्की बनाएर चीनसँग धेरै सुविधा मागेको छ, त्यसको कुचेष्टा स्पष्ट र शढयन्त्रपूर्ण छ।

स्थानीय समय मे २० तारिख दिउँसो युरोपेली संसदले चीन-युरोप लगानी सन्धिलाई अनुमति दिनुअघि चीनले युरोपेली संघमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने विषयमा एउटा निर्णय-प्रस्ताव पारित गरेको छ। ७ वर्षसम्मको वार्तामार्फत सम्पन्न चीन-युरोप लगानी सन्धिलाई युरोपेली संसदले रोकेको छ।

युरोपेली संसदको यस्तो क्रियाकलाप निराधार छ। चीनले किन युरोपलाई प्रतिबन्ध लगाएको छ? किनभने चालु वर्षको मार्चमा युरोपले चीनको सिनच्याङबारे झुटको आधारमा चीनका सम्बन्धित व्यक्ति र संस्थालाई एकतर्फी नाकाबन्दी लगाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको थियो, जसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड विपरीत थियो। चीनको उक्त प्रतिक्रिया आफ्नो हितको संरक्षण गर्नुका साथै युरोपको निराधार गतिबिधिको प्रतिरोध गर्ने आवश्यक र समुचित प्रतिक्रिया हो।

युरोपको त्रास-धम्कीको सामु चीन डराउँछ? अवश्य नै डराउँदैन। सात वर्षको लामो अवधिमा यस सन्धिका लागि वार्ता अन्त्य भएको छ। तथापि चीनले धेरै पटक जोड दिए झैं, “चीन-युरोप लगानी सन्धि एक पक्षले अर्कालाई दिएको उपहार होइन, बरु आपसी हित र साझा जीत भएको एउटा सन्तुलित सन्धि हो ”।

चीन-युरोप लगानी सन्धिको रोकथाम गरेपछि कसले बढी चिन्ता गर्नेछ? प्रशस्त युरोपेली व्यवसायहरु हुन्। विगत २० वर्षदेखि युरोपेली व्यवसायहरुले चीनमा १ खर्ब ४६ अर्ब युरो लगानी गरी धेरै नाफा कमाएका छन्। अहिले यस्तो विशाल चिनियाँ बजारमा गतिशीलताका साथ विकास हुँदै आएको छ। युरोपेली संसदको उक्त निर्णयले युरोपेली व्यवसायहरुको ठूलो आय अरुलाई दिए जस्तै लागेको छ। युरोपले गलत कारवाही बुझेर झुटको आधारमा गरेको नाकाबन्दी खोली विभिन्न पक्षको हितसँग अनुकूल रहेको बुद्धिमान छनौट गर्नुपर्छ।