#अल्पसंख्यक जाति# पहिलाको गरिबी, अहिलेको समृद्धिमा अग्रणी
2021-05-23 22:23:13cri
Share with:

#अल्पसंख्यक जाति# पहिलाको गरिबी, अहिलेको समृद्धिमा अग्रणी_fororder___172.100.100.3_temp_9500027_1_9500027_1_1_4cec45d6-bca4-4efc-bcf8-ffae0f670f9e.JPG

 

चिनियाँ क्वी चौ प्रान्तीय खाइ ली शहर मुख्यतः म्याउ जातीय र तोङ जातीयलगायत बहु-जातीय बसोबास क्षेत्र हो। त्यहाँ सिङमैहुङयाङ नामक लुगा उत्पादन कारखानाका निर्देशक याङ मै पहिले गरिब हुनुहुन्थ्यो। गरिबी उन्मूलनका लागि पुनर्वास र सम्बन्धित रोजगारको नीतिले हाल उहाँ धनी बन्ने क्रममा अग्रणी हुनुहुन्छ।

याङ मैको जन्मथलो खाइलि शहरी खाइ शाउ गाउँ हो। त्यो म्याउ जातीय गाउँ पहाडी क्षेत्रमा रहेको हुनाले गरिब थियो। गाउँलेहरूले बाहिर काम गरेर जीवन चलाउनुपरेको थियो। उच्च-माध्यमिक विद्यालयमा पढ्दै गर्दा याङ मैको बुवालाई गम्भीर रोग लाग्यो। गरिब भएकाले उहाँले पढाइ छोड्नुपर्थ्यो। त्यसपछि उहाँले श्रीमानसँग युननान, शाङहाइ आदि क्षेत्रमा पुगेर काम गर्नुभयो। सन् २००८ मा याङ मैको जेठो छोराको जन्म भयो। तर बाहिर काम गरेका हुनाले बच्चालाई हजुर बुवा र हजुर आमासँग हुर्काउन लगाउनुभयो। बच्चा तीन वर्षको हुँदा वसन्त चाडमा याङ मै जोडी घरमा फर्केर पर्व मनाएका थिए। छोरोले एउटा स्याउले  हजुर बुवाको टाउकोमा हिर्काउनुका साथै हजुर बुवाको नाम प्रत्यक्ष लिएको देखेर याङ मैलाई अचम्म र दुःख लाग्यो। बुवा-आमाको हेरचाह र शिक्षाको अभाव भएकाले याङ मैले आफूलाई गम्भीर रूपमा आत्म-ग्लानीको अनुभव गर्नुभयो।