शान तोङ प्रान्तीय ची मो क्षेत्रः अंगुरमार्फत् कृषि र पर्यटनको विकास
2021-05-24 09:54:40cri
Share with:

शान तोङ प्रान्तीय ची मो क्षेत्रः अंगुरमार्फत् कृषि र पर्यटनको विकास_fororder_2021052401

ग्रीष्म ऋतु आएको छ। चीनको शान तोङ प्रान्तीय ची मो क्षेत्रको शाङ पो गाउँको हरित गृहमा रोपिएका अंगुर पाकेका छन्। स्थानीय किसानहरू अंगुर टिप्न व्यस्त छन्। हालैका वर्षहरूमा ची मो क्षेत्रले स्थानीय किसानलाई “सहकारी र किसान” ढाँचाको प्रयोग गरी हरित गृहमा अंगुर रोप्न निर्देशन गरेको हो। जसबाट किसानको आम्दानीमा वृद्धि भएको छ र ग्रामीण क्षेत्रको उत्थानलाई बढाइएको छ।