चिनियाँ राष्ट्राध्यक्ष र इरानी राष्ट्रपतिबीच टेलिफोन वार्ता
2021-05-24 21:02:49cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यस मे २४ तारिख इरानी राष्ट्रपति रुहानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। सीका अनुसार चीन र इरानले हातमा हात मिलाएर नयाँ कोरोना भाइरस महामारीको संयुक्त रोकथाम तथा नियन्त्रण गर्नुका साथै आपसी प्रभावकारी सहयोगलाई प्रवर्द्धन गरेका छन्। यस वर्ष चीन र इरानबीचको सम्बन्ध स्थापनाको पचासौं वार्षिकोत्सव हो। चीनले इरानसँगको सम्बन्धलाई निकै जोड दिँदै इरानसँगको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई निरन्तर प्रवर्द्धन गर्दै जाने आशा गरेको छ।

राष्ट्रपति रुहानीका अनुसार इरानले एक चीनको नीतिलाई द्दढ कायम राख्दै चीनसँग रणनीतिक सहयोगअर्थ तथा व्यापारऊर्जास्रोत आदि क्षेत्रको सहयोगलाई मजबुत बनाउँदै जाने आशा गरेको छ। इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले धन्यवाद व्यक्त गर्दै चीनसँग सम्पर्क राख्दै एकपक्षीयतावाद र प्रभूत्ववादको विरोध गर्दै जाने छ।